Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

ढोरपाटनमा सिकारका लागि एघार नाउर र पाँच झारलको अनुमति

\"dhorpatan-jpg-pagespeed-ce-waqxeug6d7-750\" बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न ९ब्लग० मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन सफारी प्रालिले पठाएका सिकारीहरु आरक्षमा सिकार खेलिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन । पहिलो सिकारयाममा चार वटा सिकार एजेन्सीले सिकारीहरु आरक्षमा पठाउनेछन् । अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट सिकारी ढोरपाटन पुग्ने गर्छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी छ ब्लगमा सिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा सिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीको कम रोजाइँमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । विद्युतीय बोलपत्र आह्वान गरेर प्रतिस्पर्धाबाट सिकार एजेन्सीले अनुमति पाउने गरेका छन् । यो याममा नाउर र झारल सिकारको रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म कायम गरिएको छ । “सिकारको दर बर्सेनि घटबढ भइरहने हुन्छ, बढी प्रतिस्पर्धा हुँदा दर पनि बढ्छ” अधिकृत बरालले बताए । उनका अनुसार सिकारबाट आरक्ष कार्यालयले बर्सेनि करिब रु एक करोड राजस्व उठाउने गरेको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइँमा पर्ने गरेको छ । लाखौँ रुपैयाँ खर्चमा हेलिकोप्टर लिएर सिकारीहरु आरक्ष क्षेत्रमा पुग्छन् । आरक्ष वर्षको दुई याममा सिकारको लागि खुल्ला हुने गर्छ । असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैसाखसम्म दोस्रो सिकार याम चल्ने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वर्षमा २६ नाउर र १४ भारलको सिकार अनुमति दिने गरेको छ । सो सङ्ख्याका नाउर र झारललाई दुई याममा गरी बाँडेर सिकार खेल्न दिने गरिएको छ । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका आधारमा सिकारको कोटा र राजस्वको दर कायम हुने गरेको विभागले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending