Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

ढोरपाटनमा सिकारका लागि एघार नाउर र पाँच झारलको अनुमति

\"dhorpatan-jpg-pagespeed-ce-waqxeug6d7-750\" बागलुङ, २९ असोज । ढोरपाटन सिकार आरक्षमा यो वर्षको पहिलो सिकारयाम सुरु भएको छ । विदेशी सिकारीहरु नाउर तथा झारलको सिकार गर्न आरक्ष पुगेका छन् । असोजदेखि मङ्सिरसम्म चल्ने पहिलो सिकारयामका लागि ११ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको आरक्ष कार्यालयले जनाएको छ । विभिन्न देशका तालिमप्राप्त सिकारी आरक्ष क्षेत्रका विभिन्न ९ब्लग० मा पुगेर सिकार खेल्ने गरेका छन् । हिमालयन सफारी प्रालिले पठाएका सिकारीहरु आरक्षमा सिकार खेलिरहेको कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन । पहिलो सिकारयाममा चार वटा सिकार एजेन्सीले सिकारीहरु आरक्षमा पठाउनेछन् । अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिकालगायतका मुलुकबाट सिकारी ढोरपाटन पुग्ने गर्छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी छ ब्लगमा सिकार खेल्ने गरिएको छ । सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा सिकारी पुग्ने गरेका छन् । अत्यन्तै विकट क्षेत्रमा रहेको र बढी खर्चिलो हुने हुँदा सिकारीको कम रोजाइँमा सुनदह ‘ब्लग’ पर्ने गरेको छ । विद्युतीय बोलपत्र आह्वान गरेर प्रतिस्पर्धाबाट सिकार एजेन्सीले अनुमति पाउने गरेका छन् । यो याममा नाउर र झारल सिकारको रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म कायम गरिएको छ । “सिकारको दर बर्सेनि घटबढ भइरहने हुन्छ, बढी प्रतिस्पर्धा हुँदा दर पनि बढ्छ” अधिकृत बरालले बताए । उनका अनुसार सिकारबाट आरक्ष कार्यालयले बर्सेनि करिब रु एक करोड राजस्व उठाउने गरेको छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइँमा पर्ने गरेको छ । लाखौँ रुपैयाँ खर्चमा हेलिकोप्टर लिएर सिकारीहरु आरक्ष क्षेत्रमा पुग्छन् । आरक्ष वर्षको दुई याममा सिकारको लागि खुल्ला हुने गर्छ । असोजदेखि मङ्सिरसम्म पहिलो याम र फागुनदेखि वैसाखसम्म दोस्रो सिकार याम चल्ने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वर्षमा २६ नाउर र १४ भारलको सिकार अनुमति दिने गरेको छ । सो सङ्ख्याका नाउर र झारललाई दुई याममा गरी बाँडेर सिकार खेल्न दिने गरिएको छ । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका आधारमा सिकारको कोटा र राजस्वको दर कायम हुने गरेको विभागले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending