Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

कपिलवस्तुमा दशैंमा मोटरसाइकल चोरीका घटना बढें

[caption id=\"attachment_96601\" align=\"aligncenter\" width=\"839\"]\"फार्इल फार्इल तस्वीर[/caption] कपिलवस्तु, २८ असोज । पछिल्लो समय कपिलवस्तुमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएका छन् । कपिलवस्तुको चन्द्रौटामा सात महिनाको अन्तरालमा पाँचवटा मोटरसाइकल चोरी भएका छन् । हालसम्म शिवराज नगरपालिकाभित्र बेचन गुप्ता, पदम ढकाल, सिराज खान डक्टर, तिलक गैरे, अनिरुद्ध सपकोटा र विष्णु हमालका मोटरसाइकल चोरी भएका छन् । दशैंको आसपासमा मात्र तीनवटा मोटरसाइकल चन्द्रौटा क्षेत्रबाट चोरी भएको छ । असोज २२ गते राति सिराज खान डक्टरको लु २० प ९४१७ नंको मोटरसाइकल उनकै निवास पर्सियाबाट चोरी भयो । त्यसपछि असोज २६ गते राति शिवराज नगरपालिका–६ निवासी विष्णु हमालको लु १८ प २३९८ नंको मोटरसाइकल चोरी भयो र सोही रात तिलक गैरेको लु १२ प ४७७७ र अनिरुद्ध सापकोटाको लु २६ प ७६०४ नंको मोटरसाइकल शिवपुरबाट चोरी भयो । त्यस्को भोलिपल्ट विष्णु हमालको मोटरसाइकल शिवपुरको एक झाडीमा लुकाइराखेको अवास्थामा फेला प¥यो । अन्यको अझैसम्म पत्ता नलागेको र खोजी जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । त्यस्तै, २०७२ चैत ४ गते चन्द्रौटाको नापी कार्यालयमा कार्यरत बेचन गुप्ताको लु १६ प ५०७४ नंको मोटरसाइकल र चन्द्रौटाका होटल सञ्चालन गरिरहनुभएको पदम ढकालको लु १३ प ५५५४ नंको मोटरसाइकलको अझैसम्म अत्तोपत्तो नभएको बताइएको छ । दिन प्रतिदिन मोटरसाइकल चोरी बढ्नु प्रहरी प्रशासनको कामजोरी रहेको स्थानीयवासीले बताएका छन् ।

चोरहरुको पनि भेला

यसैबीच, मोटरसाइकल चोरी गर्ने गिरोहको भेला शिवराज नगरपालिकाको एक बगैँचामा सम्पन्न भएको बुझिएको छ । चोरहरुले आफूहरुले यस क्षेत्रमा कुनै पनि मोटरसाइकल नचोरेको बताएका छन् । स्रोतका अनुसार चोरहरुले रातभरि बगैँचामा खानपिन गरेको पनि खुल्न आएको छ । सो भेलामा कपिलवस्तु, रुपन्देही, नवलपरासी, रोल्पा, प्यूठान, दाङ र भारतका केही गिरोह सहभागी भएको स्रोतको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending