Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

बेइजिङमा सम्पन्न सातौँ सियाङसान सम्मेलनमा रक्षामन्त्री खाँणको संम्बोधन

\"1444283486-750\" काठमाडौँ, २७ असोज । बुधबारबाट चीनको बेइजिङमा सम्पन्न सातौँ सियाङसान सम्मेलनका लागि चीन पुगेका नेपालका रक्षामन्त्री बालकृष्ण खाँणले सम्मेलनलार्इ संम्बोधन गरेका छन । सो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खाँणले विश्वसामु देखापरेको पछिल्लो सुरक्षा चुनौतीसँग मुकाबिला गर्न सहयोग र सहकार्यका आधारित एक सर्वमान्य मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिएका छन । क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा तयार पारिएका सुरक्षा नीति तथा मापदण्डहरुमा नेपाल सहकार्य गर्न सधैँ तत्पर रहेको भन्दै उनले सम्मेलनमा नेपालको वर्तमान अवस्थाको बारेमा पनि बोलेको उनको निजी सचिवालयले जनाएको छ । एसिया–प्रशान्त क्षेत्रको सुरक्षा र सहयोगका विषयमा सम्मेलन केन्द्रित थियो । ‘सुरक्षा संवाद र सहयोग अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धको नयाँ ढाँचा निर्माण’ सम्बन्धी सातौँ सियाङसान सम्मेलन बुधबार बेइजिङमा सम्पन्न भएको हो । रक्षामन्त्री बालकृष्ण खाँण नेतृत्वको नेपाली टोलीले सहभागिता जनाएको उक्त सम्मेलन यही असोज २४ देखि सुरु भएको बताइएको छ । उक्त सम्मेलनमा ५९ मुलुक र छ अन्तर्राष्ट्रिय सङ्गठनका झन्डै ४०० जना पदाधिकारी तथा विज्ञहरु सहभागी रहेको बताइएको छ । नेपालबाट मन्त्री खाँणसहित नेपाली सेनाका उपरथी देवेन्द्रबहादुर मेधासी र राष्ट्रपतिको सुरक्षा सल्लाहकार नेत्रबहादुर थापा पनि सहभागी रहेका थिए ।  

मन्त्री खाँणकाे चिनियाँ समकक्षीसँग पनि छलफल 

  रक्षामन्त्री खाँणले मङ्गलबार चिनियाँ समकक्षी छाङ वान छ्वानसँग द्विपक्षीय सैन्य सहायताबारे छलफल समेत गरेका छन । उनीहरुका बीचमा द्विपक्षीय सैन्य सहायताबारे झन्डै एक घन्टा छलफल भएको बताइएको छ । नेपालको संविधान, चिनिया राष्ट्रपतिको नेपाल भ्रमण, सुरक्षा सहयोग, सुरक्षा सतर्कतालगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । चाइना एसोसिएसन फर मिलिटरी र चाइना इन्स्टिच्युट स्ट्राटेजिक स्टडिजको निमन्त्रणा उक्त सम्मेलनमा सहभागतिा जनाएका मन्त्री खाँण यही असोज ३० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending