Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

चितवनमा हप्तामा एक दिन फोहर सङ्कलन सुरू

[caption id=\"attachment_96538\" align=\"aligncenter\" width=\"846\"]\"फार्इल फार्इल तस्वीर[/caption] चितवन, २७ असोज । चितवनको लङ्कुका युवाले सामाजिक सञ्जाल फेसबुकबाट साइनो गाँसेर सरसफाइ अभियान थालेका छन् । उनीहरुले फोहर व्यवस्थापन गर्दै समाजमा सरसफाइसम्बन्धी सचेतना बढाउन ‘हप्तामा एक दिन एक छिन्, समाजका लागि’ भन्ने नयाँ अभियान सुरु गरेका हुन् । फेसबुकमा जोडिएर बनेको ‘लङ्कु चौतारी वे ग्रुप’बाट सञ्चालित उक्त अभियानमा युवा सडक, गाउँ मन्दिर तथा सार्वजनिक क्षेत्रमा सरसफाइ गर्ने र सरसफाइका लागि समाजमा चेतना दिने कार्यक्रम चलाइएको अभियन्ता भोजराज कँडेलले जानकारी दिए । आफ्नो गाउँ टोलको सरसफाइ आफैँ गर्नुपर्छ, समाजको विकासमा समाजका सदस्य नै अग्रसर हुनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको उनले बताए । हरेक हप्ताको सोमबार बिहान ७ देखि ८ बजेसम्म अभियान चल्ने छ । पाँच सातजना युवा मिलेर सुरु भएको अभियानमा अहिले समाजका अन्य व्यक्तिको समेत उत्साहजनक सहभागिता रहेको कँडेलले जानकारी दिएका छन । स्थानीय शिक्षक नारायण सापकोटा अभियानले गाउँ समाजमा अत्यन्तै सकारात्मक काम भएको र चेतनामूलक सन्देश दिएको भन्दै थोरै समयमा पनि धेरै काम गर्न सकिँदोरहेछ भनेर उदाहरण यहाँका युवाले दिएको बताए । प्लास्टिकजन्य फोहर व्यवस्थापन, सडक मिचेर खेती गर्ने, सडकमै पर्ने गरी रुख बिरुवा रोपेर सडक नै साँघुरो पार्ने कामलाई निरुत्साहित गर्दै दुर्घटना न्यूनीकरणलगायत काममा अभियान केन्द्रित छ । फोहरको व्यवस्थापन गर्ने जिम्मा सबैले लिएमा मात्र सुन्दर र व्यवस्थित सहर निर्माण गर्न सकिने भएकाले आफूहरुले समेत साथ दिएको स्थानीयवासी ईश्वरी कँडेलले बताए । अभियानका कारण अहिले गाउँमा सरसफाइ गर्नुपर्छ भन्ने चेतनाको विकास भएको छ । घर वरपर फोहर सङ्कलन गर्ने कामसमेत थालिएको छ । यस्तै सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने भानुभक्त सापकोटाको प्रतिक्रिया छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending