Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सबै मानिस शाकाहारी भए कस्तो होला संसार ?

[caption id=\"attachment_96411\" align=\"aligncenter\" width=\"750\"]\"फार्इल फार्इल तस्वीर[/caption] काठमाडौं, २५ असोज । कुनै पनि मानिसले के खाने वा के नखाने भन्ने कुरा उसको रुचीको विषय हो । कोही मानिस शाकाहारी हुन्छन् त कोही मानिस मांशाहारी । जो मानिस शाकाहारी हुन्छन् उनीहरुले चाहन्छन् कि सारा दुनिया शाकाहारी होस् । यदि कोही मानिस शाकाहारी हुन्छ त ऊ आफ्नै कारणले शाकाहारी भएको हुन्छ । कतिपय मानिसहरु जनावरले पाएको दुख देखेर पीडा हुन्छ र शाकाहारी हुन्छन् । कोही मानिस आफ्नो रहन सहन बदल्नका लागि शाकाहारी हुन्छन् । शाकाहारी हुनुको उनीहरुको आफ्नो तर्क हुन्छ । तर के सारा दुनिया शाकाहारी हुन सम्भव छ,पहिलो कुरा के भने यो सम्भव नै छैन । र दोश्रो कुरा यदि यसो भैहाल्यो भनेपनि त्यो निकै हानिकारक हुन्छ । कोलम्बियामा इन्टरनेसनल सेन्टर फर ट्रपिकल एग्रिकल्चरमा काम गर्ने एन्ड्रयू जर्बिसका अनुसार विकशित देशमा शाकाहारी हुनुका धेरै फाइदा हुन्छन् । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदाजनक हुन्छ । तर विकाशशी देशमा यो गरिबीलाई बढाउने कारक बन्न सक्दछ । यदि पूरै विश्वबाट रातारात मासु खाने मानिसहरुलाई हटाइयो भने के होला रु यस विषयमा जर्बिस र अरु जानकारहरु धेरैखाले तर्क दिन्छन् । उनका अनुसार हाम्रो खाना खाने आदतले हाम्रो माहौलमा असर पार्दछ । तर मानिसहरुले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । उदाहरणका लागि अमरिकामा चारजना सदस्यहरुको एक मांशाहारी परिवारले दुइवटा कारले भन्दा पनि धेरै हरितगृह ग्यास उत्सर्जन गर्दछ । तर जब विश्व उष्ण्िाकरणको कुरा आउँछ त केवल कारहरुले फ्याँक्ने धुवाँको मात्रै कुरा गरिन्छ । मासु खाने मानिसहरुको होइन । जसका कारण हरितगृह ग्यास उत्सर्जन बढिरहेको छ । बेलायतका खाद्य सुरक्षा विज्ञ टिम बेन्टन पनि हाम्रो खाने आदतले हाम्रो माहौलमा असर पार्ने बताउँछन् । तर यसमा कसैको पनि ध्यान जाँदैन । यदि विश्वमा अहिले सबै मांशाहारीले मासु खान बन्द गर्ने त होइन मासुको खपत कम गर्ने हो भनेपनि यसले निकै सकारात्मक नतिजा दिन्छ । अक्सफोर्ड मार्टिन स्कूलका मार्को स्प्रिंगम्यानका अनुसार यदि केवल रेड मिटलाई हटाइदिने हो भनेपनि खानाबाट निस्किने ग्रिन हाउस ग्यासमा ६० प्रतिशतले कमी आउँछ । यदि सन् २०५० सम्ममा सबै मानिसहरु शाकाहारी भए भनेमात्रै पनि यसमा ७० प्रतिशतले कमी आउनेछ । स्प्रिंगम्यानका अनुसार विश्वका सबै मानिसहरु शाकाहारी हुने भन्ने कुरा एउटा कल्पना मात्रै हो । तर यसमा कुनै शंका छैन की भविष्यमा खानपानबाट पैदा हुने हरित गृह ग्यास चिन्ताको एउटा मुख्य विषय बन्ने पक्का छ । विश्वमा मांशाहारीहरुका लागि ठूलो परिमाणमा जनावरहरु पालिन्छ । जसका लागि पर्याप्त मात्रामा जग्गाको आवश्यकता पर्दछ । एक अनुमान अनुसार विश्वमा बाह्र अर्ब एक्कड जमिन कृषिकार्य र त्यससँग सम्बन्धित कामका लागि प्रयोग गरिन्छ । यसको ६८ प्रतिशत भाग जनावरहरुका लागि प्रयोग हुन्छ । त्यसैले यदि सबै मानिस शाकाहारी भए भने ८० प्रतिशत जमिन चरिचरन तथा जंगल बन्नेछ । यो अवस्थामा कार्वनडाइअक्साइडको मात्रामा कम हुनेछ र जलवायु परिवर्तनको समस्या समाधानमा समेत सहयोग मिल्नेछ । ेबचेको १० देखि २० प्रतिशत जमिन खाद्यपदार्थ उब्जाउनमा प्रयोग गर्न सकिनेछ । अहिले जति जमिनमा खेतिपाती भैरहेको छ त्यसको एक तिहाइ हिस्सा त जनावरहरुको लागि घाँस तथा दाना उत्पादनमा खर्च भैरहेको छ । पर्यावरण राम्रो बनाउन तथा खेतीका लागि लायक जमिन तयार गर्नका लागि ठूलो परिमाणमा योजना तथा पूँजीको आवश्यकता पर्दछ । साथै चरिचरनका लागि उपलब्ध जमिनलाई खेतीका लागि लायक बनाउन समेत निकै मेहेनत गर्नुपर्छ । यसमा ठूलो रकमको आवश्यकता पर्दछ । विश्वमा मासु खाने मानिसहरुको कमी छैन । त्यसैले यसको कारोबार पनि ठूलो परिमाणमा हुने गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयका बेन फालानका अनुसार विश्वमा साढे ३ अर्ब जनावर काटमारका लागि उपलब्ध छन् । त्यस्तै १० अर्ब भन्दा बढि कुखुरा छन् । उत्तिकै संख्यामा यी जनावर मासुका लागि काटिन्छ । एकछिन सोँच्नुहोस् त यति ठूलो संख्यामा जनावर तथा चराहरु पाल्न, काट्न तथा मासु आपूर्ति लगायतमा कति धेरै मानिस खटिएका होलान् । एडिनवर्ग विश्वविद्यालयका पिटर एलेक्जेन्डरका अनुसार मासुको कारोबारमा संलगन मानिसहरुलाई नयाँ रोजगारी सिर्जना गर्नु आवश्यक छ । तबमात्र हामी विश्वलाई मांशाहारीबाट शाकाहारी बनाउनेतर्फ अघि बढ्न सक्छौँ । यदि यसो गरिएन भने ठूलो मात्रामा बेरोजगारीको संकट पैदा हुन्छ । सबैभन्दा पहिले यो बुझ्नुपर्छ की उनीहरु जनावरको पालन गर्नुका साथसाथ पर्यावरणका लागि कस्तो सहयोग गर्न सक्दछन् । उनीहरु आफ्ना जनावरका लागि जुन दानाको प्रयोग गर्छन्, त्यसबाट कसरी बायो इनर्जी उत्पादन गर्न सकिन्छ । अर्थात् चरन क्षेत्रलाई कसरी राम्रो बनाएर पर्यावरणलाई बचाउन सकिन्छ । यसले उनीहरुलाई रोजगारीको अर्को अवसर प्राप्त हुन्छ भन्ने कुरा उनीहरुलाई बुझाउन सक्नुपर्दछ । विश्वको कुल जमिनको एक तिहाइ हिस्सा पूर्ण रुपमा वा आंशिक रुपमा बाँझो रहेको छ । त्यस्तो जमिनलाई जनावर चराउने काममा मात्र प्रयोगमा ल्याउन सकिन्छ । यस्ता बाँझो जमिनलाई खेतीका लागि उपयुक्त बनाउने कोसिस कतिपय अप्रिmकी देशहरुले गरेका छन् । तर यस्तो हुन सकेको छैन । शोधकर्ता बेन फालानका अनुसार विश्वमा धेरै यस्ता ठाउँहरु छन् जहाँ जनावर विना मानिसहरु बस्नु सम्भव नै छैन । फिरन्ते जातिहरुका लागि त यो धेरै हदसम्म लागू हुन्छ । जनावर उनीहरु रहन सहनको अटूट हिस्सा को रुपमा रहेको छ । यदि यी जातिहरुलाई सहरमा लगेर बसालियो भने उनीहरुको सांस्कृतिक पहिचान नै नामेट हुन्छ । मानव इतिहासमा जबसम्म मानिसले खेती गर्न सिकेको थिएन उनीहरुले धेरैजसो मासु नै खान्थे । विवाहमा समेत उपहारको रुपमा जनावर नै दिइन्थ्यो । जसले धेरै जनावर पालेको हुन्थ्यो उसलाई नै धेरै शक्तिशाली मानिन्थ्यो । त्यसैले मासु खानु हाम्रो इतिहासको जरामै बसेको छ । सोही कारण यसलाई सजिलो सँग अलग गर्न सकिँदैन । यद्यपि शाकाहारी हुनुका आफ्ना फाइदा छन्, यसमा कुनै शंका छैन । स्प्रिंगम्यानको कम्प्युटर मोडेल स्टडीका अनुसार यदि सन् २०५० सम्म पूरै विश्वका मानिसहरु शाकाहारी बने भने अकालमा मृत्यु हुने मानिसको संख्यामा ६ देखि १० प्रतिशतले कमी आउनेछ । मानिसहरुमा क्यान्सर, चिनीको रोग, हृदयाघात जस्ता रोगहरु पनि कम हुनेछन् । मानिसहरु विरामी कम भएमा स्वास्थ्यमा हुने खर्च पनि कम हुनेछ । उक्त पैसाको प्रयोग जिवनका अरु आवश्यकता पूर्ति गर्नमा गर्न सक्छन् । यो कुरा सुन्दा निकै राम्रो लाग्दछ । तर यो कुरालाई पनि भुल्नु हुँदैन कि दाल चामल तथा सागसब्जी हामीलाई चाहिने सबैखाले प्रोटिनको विकल्प हुन सक्दैन । जनावरको मासुमा पोषक तत्व धेरै हुन्छ । सरीरका लागि अरु तत्वजस्तै प्रोटिन पनि उत्तिकै आवश्यक हुन्छ । गरिबहरुका लागि त प्रोटिनको सबैभन्दा सुलभ र सस्तो श्रोत जनावरको मासु नै हो । यदि पूरै विश्व शाकाहारी हुने हो भने सबैभन्दा ठूलो पोषण संकट विकाशशील देशका मानिसहरुमा पर्नेछ । एक अध्ययन अनुसार बेलायतले विश्व स्वास्थ्य संगठनको मानक अपनाउँदा ग्रिन हाउस ग्यास उत्पादनमा १७ प्रतिशतले कमी गरेको छ । यदि हामीले पनि हाम्रो खानपानमा थोरै परिवर्तन गर्न सक्यौँ भने पर्यावरण तथा स्वय हाम्रै लागि पनि फाइदाजनक हुनेछ । यसका लागि एक अर्को काम पनि गर्न सकिन्छ । मासु तथा मासुजन्य पदार्थको मूल्य बढाइदिने । फलफूल तथा सागसब्जीको मूल्य घटाइदिने । यस्तोमा जो मानिसको गोजीले साथ दिन्छ उनीहरुले मासुजन्य खानेकुरा खरीद गर्नेछन् । मांशाहारबाट जुन हरितगृह ग्यास उत्सजन हुन्छ त्यसमा नियन्त्रण गर्नका लागि यस्ता स साना उपायहरु ऋपनाउन सकिन्छ । तर सबैभन्दा महत्वपूर्ण भनेको इच्छाशक्ति हो । यसका लागि विश्वका सबै मानिस शाकाहारी हुनुैपर्छ भन्ने छैन । स्रोतः बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending