Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

हङकङमा संचालीत आईसीसी क्रिकेटमा नेपालको लगातार दोश्रो हार

\"1010201601335914618916_10208829769436396_808472175_o-1000x0-750\" हङकङ, २४ असोज । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले हङकङमा भइरहेको आईसीसी महिला विश्वकप २०१७ एसियाली आईसीसी महिला विश्वकपको दोस्रो खेलमा सोमबार थाइल्यान्डसँग तीन विकेटको हार बेहोरेको छ । एसियाली छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो । टीन क्वङ रोड रिक्रिएसन ग्रान्ड मिसन रोड ग्रान्डमा टस जितेर ब्याटिङ सुरु गरेको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७६ रनको स्कोर बनाएको थियो । बलिङर फिल्डिङा नेपालले सुधारिएको प्रदर्शन गरेपनि थाइल्यान्डले आठ बल बाँकी छँदै सात विकेट गुमाएर ७७ रन जोड्दै छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । ब्याट र बलमा निर्मला शाहीले गरेको प्रदर्शन नेपालको लागि सबैभन्दा सकारात्मक प्रदर्शन मानिएको छ । उनले नेपालको इनिङ्समा सर्वाधिक ३६ रन जोडेकी थिइन् । उनले ४७ बल सामना गर्दै चार चौका प्रहार गरिन् । सेन्ट्रल रेल्वेमार्फत् भारतमा ६ वर्ष उच्चस्तरको क्रिकेट खेलेकी ३० वर्षीय यी अलराउन्डरले चार ओभरको आफ्नो बलिङ स्पेलमा २ मेडन राख्दै ७ रन दिएर तीन विकेट लिएकी थिइन् । सीता मगरले मात्र रनको खाता खोल्न नसकेपनि अरु ब्याटसवुमनको प्रदर्शन पनि गतिलो भएन र उनीहरुले रनको दोहोरो अंक पनि छुन सकेनन । इन्दु वर्मा, नेरी थापा, रोशनी बोहरा, काजल श्रेष्ठ रनआउट भए । क्रिजमा नेरी फिट देखिइनन् । ‘चार ब्याटसवुमन रनआउट हुनु नै हारको मुख्य कारण भएको देखिन्छ । किनभने १ सय रनको स्कोर बनाएर खेल जित्ने लक्ष्य थियो र त्यो स्कोरमा पुगेको भए नेपाली टीमले खेल जित्नसक्थ्यौं । डबल लिगको आधारमा सञ्चालित खेलमा नेपालले मंगलबार चीनसँग खेल्ने जनइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending