Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

के गर्दै छन् दिल्लीमा केजरिवाल ?

काठमाण्डौं, भ्रष्टाचार विरोधी सामाजिक अभियानबाट राजनितिमा प्रवेश गरेका अरविन्द्र केजरीवाल दिल्लीका मुख्य मन्त्री भएको करिब डेढ महिना भन्दा बढी भएको छ । मुख्य मन्त्री भइसकेपछी उनले भनेको विकाशको मोडललाई उनले व्यवाहारमा उतार्न सक्छन् कि सक्दैनन् भन्ने कुराको जवाफ दिने बेला नभइसकेपनि हाल केजरीवाल के गर्दैछन् ? आम चासोको विषय हो । केजरिवाल पहिलो पटक सन २०१३ को डिसेम्बरमा दिल्लीको मुख्य मन्त्री भएर काम गर्दा केन्द्र सरकारले उनको भ्रष्टाचार विरोधी कानुन बनाउने प्रस्तावलाई अल्पमतमा पार्दै पास गर्न नदिएपछी उनले मुख्य मन्त्री भएको ४९ दिनमै राजिनामा दिएका थिए । दोश्रो पटकको विधान सभाको चुनावमा उनले नेतृत्व गरेको आम आद्मी पार्टीले कुल ७० सिट मध्य ६७ सिटमा अत्याधिक बहुमतले विजयी भएपछी उनी दोश्रो पटक दिल्लीका मुख्य मन्त्री भएका छन् । २०१५को विधान सभाको चुनावमा  ‘सबका सिएम अरविन्द्र केजरिवाल’ अर्थात सबैको मुख्यमन्त्री अरविन्द्र केजरिवाल भन्ने नारा दिएर विभिन्न धर्मका मानिसको समेत मनमा बसेका केजरिवालले दिल्लीलाई भ्रष्टाचार मुक्त सहर बनाउने वाचा गरेका थिए । यो बाहेक विद्युत महसुल सस्तो अनि सहज बनाउने र पिउने पानीको समस्यालाई हल गर्ने उनका थप प्रदिबद्धता थिए । करिब १८ लाख भन्दा धेरै जनसँख्या बसोबास गर्ने भारतको राजधानी  दिल्लीमा पानी र बिद्युतको चर्को समस्या छ । विधान सभामा केजरिवालले गरेको प्रतिबद्धतामा भ्रष्टाचार मुक्त सहर भन्दा पनि पानी र विद्युतको समस्या समाधानमा त्यहाँका जनताले धेरै अपेक्षा गरेका छन् । केजरिवालले गरेको प्रतिबद्धता मध्य दिल्लीलाई भ्रष्टाचार मुक्त सहर बनाउने दिर्घकालिन लक्ष्य हो भने, खानेपानी र विद्युत सहजिकरणलाई तत्कालिन लक्ष्य वताएका छन् । के गरे मुख्यमन्त्री भएपछी  ? मुख्यमन्त्री भएपछी २३ फेब्रुअरीमा बसेको विधानसभाको पहिलो बैठकमा नै केजरिवालले दिल्लीमा ४ सय युनिट सम्मको बिद्युतको शुल्क ५० प्रतिशत घटाए भने, प्रति महिना २० हजार लिटर पिउने पानी प्रत्येक परिवारको लागी निशुल्क वितरणको व्यवस्था गरे । केजरिवालले चुनाव लड्दा १४ सय युनिट सम्मको विद्युत महसुल ५० प्रतिशत सम्म घटाउने वाचा गरे । पहिलो चरणमा ‘युज लेस, पे लेस’ नारा दिदै १ युनिट देखी २ सय युनिट खपत गर्ने परिवारलाई प्रति युनिट ५० प्रतिशत घटाएर ४ रुपैयाँ तोकेका छन् भने, २ सय १ युनिट देखी ४ सय युनिट सम्म खपत गर्ने उपभोक्ताका लागी ५ रुपैयाँ ९५ पैशा बनाएका छन् । पानीका लागि भने केजरिवालले वाटर रिसाइक्लिगं र जल संचयमा प्रोत्साहन बढाउने चेन्नाई मोडेल दोहो¥याउने योजना बनाएका छन् । चेन्नाइ मोडल अन्तर्गत प्रत्येक युनिट रिसाइक्लिगं पानीको प्रयोग गर्ने उपभोक्ताका लागी त्यहि अनुसार घर करमा छुटको व्यवस्था गरिन्छ । दिल्लीको मुख्य समस्यामध्य पानीे चोरी पनि एक हो ।  केजरिवाल सरकारले दिल्लीमा पानीको चोरीलाई रोक्नका लागि विशेष योजना बनाइरहेको समेत भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जस अनुसार प्रत्येक दिन १५० मिलियन ग्यालेन पानी बचाउन सकिने केजरिवालको विश्वास छ । दिल्लीको व्याप्त खानेपानीको समस्या न्युनिकरणका लागि आवश्यक परे अति भिआईपीहरुको बसोबास क्षेत्रमा समेत पानीको कटौती हुन सक्ने चेतवानी केजरिवालले बिहिबार दिएका छन् । दिल्लीको खानेपानीका लागि हरियाणा एकमात्रै भरपर्दाे श्रोत मानिन्छ । अहिले हरियाणा क्षेत्रमा नै पानीको समस्या बढेपछी दिल्लीमा त्यसको असर पर्ने देखिएको हो । अति विशिष्ट व्यक्तिहरु राष्ट्रपती, प्रधानमन्त्री निवास बाहेकका अन्य सबै क्षेत्रमा पानी कटौति गर्ने संकेत दिएका छन् । जसले दिल्लीको खानेपानी समस्यालाई केजरिवाल प्रतिबद्धता मुताविक केही हदसम्म सहयोग पुर्याउने छ  । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending