Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सरकारले सामाजिक सुरक्षाको प्रभावकारीताका लागि राष्ट्रिय निर्देशन समिति बनाउने

\"1448508918_babestapika-sansad-750\" काठमाडौं, २३ असोज । सरकारले नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चित गर्न संसदमा सामाजिक सुरक्षासम्बन्धी विधेयक पेस गरेको छ । एकीकृत रूपमा नागरिकको हित अभिवृद्धि गर्न, औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा प्रदान गर्न सामाजिक सुरक्षा कोष स्थापना, सञ्चालन र व्यवस्थापन गरी सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सरकारले संसद्मा विधेयक पेस गरेको जनाएको छ । सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन सरकारले अर्थमन्त्रीको नेतृत्वमा राष्ट्रिय निर्देशन समिति गठन गर्ने प्रस्ताव अघि सारेको छ । विधेयकअनुसार सामाजिक सुरक्षासम्बन्धी कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सम्बद्ध नियकाहरूका बीच समन्वयमा सघाउन तथा समितिलाई मार्गनिर्देशन गर्न अर्थमन्त्रीको अध्यक्षतामा एक राष्ट्रिय निर्देशन समिति गठन हुने भएको हो । जसमा श्रम तथा रोजगार, संघीय मामिला तथा स्थानीय विकास, कृषि विकास, उद्योग र सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्रीहरू सदस्य हुनेछन । यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, आयोगकै सचिव, अर्थ सचिव र युवा तथा खेलकुद मन्त्रालयका सचिव पनि सदस्य रहने व्यवस्था गरिएको छ । समितिको सदस्य सचिवमा श्रम तथा रोजगार मन्त्रालयका सचिव हुनेछन रहने र राष्ट्रिय निर्देशन समितिको बैंठक वर्षमा कम्तीमा एकपटक अनिर्वाय बस्नुपर्ने प्रावधान रहेको छ । विधेयकमा सरकारले श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समेत योगदानका आधारमा कुनै एक वा एकभन्दा बढी सामाजिक सुरक्षा योजनामा सहभागी गराई उनीहरूको हित अभिवृद्धि गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । योगदानको दरमा सूचीकृत रोजगारदाताले आफ्नो तर्फबाट वा श्रमिकको योगदान योग्य आयबाट गर्नुपर्ने योगदानको दर समितिको सिफारिसमा गरिने बताइएको छ। सामाजिक सुरक्षा योजनाअन्तर्गत बेरोजगारी सुरक्षा योजना, औषधिउपचार तथा स्वास्थ्य सुविधा योजना, दुर्घटना सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजना, आश्रित परिवार सुविधा योजना, अशक्तता सुरक्षा योजना र कोषले तोकेको अन्य सामाजिक सुरक्षा योजना रहेका छन् । विधेयकमा प्रस्तावित प्रावधानअनुसार अस्पताल वा स्वास्थ्य चौकी वा स्वास्थ्यकर्मीको प्रत्यक्ष सहयोगमा बढीमा दुई सन्तान जन्माउने महिलाले सुत्केरी पोषण खर्च सहयोग प्राप्त गर्नेछिन् । यस्तै, पतिको मृत्यु भएको वा चालीस वर्ष उमेर पूरा हुँदासम्म विवाह नगरी बसेकी वा सम्बन्ध विच्छेद गरेकी एकल महिलाले एकल महिला सहयोग प्राप्त गर्नेछिन् । सत्तरी वर्ष उमेर पूरा भएको ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सहयोग प्राप्त गर्नेछन् । तर सरकारले तोके बमोजिमका पछाडि पारिएको क्षेत्र वा आर्थिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले पिछडिएका जात, जाति वा समुदायका नागरिकको हकमा साठी वर्ष उमेर पुगेको भए तापनि ज्येष्ठ नागरिक सहयोग उपलब्ध गराउन सकिने विधेयकमा उल्लेख छ । यस्तै, अपांग तथा अशक्त नागरिकले जीविकोपार्जन सहयोग गर्ने व्यवस्था छ । पूर्वकमैया, कम्लरी, हलिया, हरवा चरवा, भरिया तथा नेपाल सरकारले तोकेका अन्य आर्थिक सामाजिक रूपमा पछाडि परेका नागरिकले प्रतिपरिवार अतिगरिब परिवार राहत सहयोग गर्नेछ । यस्तै, रोजगार सुरक्षा कार्यक्रमअन्तर्गत सीप विकास तालिम, लघु व्यवसाय विकास ९स्वरोजगार० कार्यक्रम, पूर्वाधार विकास कार्यक्रमअन्तर्गत श्रममूलक काम, राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको कुनै रोजगार विकास कार्यक्रम र ताकिएबमोजिम अन्य कुनै रोजगारमूलक कार्यक्रम गरिने विधेयकमा व्यवस्था छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending