Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

दशैंमा मासुको यसरी गरौं– प्रयोग र संचय 

\"meat-750\"काठमाडौं, २१ असोज । दसैंमा मासुको उपभोग धेरै नै हुने गरेको छ । एकैपटक धेरै मासु पकाउनुभन्दा पनि मासुलाई साना–साना पोका बनाएर फ्रिजमा राखी आवश्यक मासु मात्र पकाउन सकिन्छ । त्यस्तै मासु एकैपटक पकाएर राख्ने चलन पनि छ । यस्तो अवस्थामा एक–दुई दिनसम्मको मासु मात्र खानु उपयुक्त हुन्छ । पकाएको मासु चिसो भएपछि भाँडाको बिर्को लगाएर बन्द गरी फ्रिजमा राख्नुपर्छ । त्यसपछि चाहिने जति मात्र निकाल्ने र तताउने । मासुलाई तताउने–चिस्याउने गरिरहँदा त्यसको स्वाद बिग्रनुका साथै किटाणु पनि वृद्धि हुन्छ । अहिले बिजुलीको समस्या छ । त्यसैले फ्रिजमा सञ्चय गर्दा पनि मासु बिग्रन सक्छ । बिग्रिएको मासु खाए झाडापखाला लाग्ने, अपच हुने तथा पेट दुख्ने आदि हुनसक्छ । मासु पकाउँदा मासुलाई एकैपटक तेल, बेसार, नुन, मसला मोलेर मन्द आँचमा पकाउन सकिन्छ । एकपटक प्रयोग गरिएको तेल अर्को पटक प्रयोग गर्नुहुँदैन । स्वस्थ मानिसले पनि धेरै मासु खाए हानी हुन सक्छ । दिनभरमा १ सय ५० ग्राम मासु खानु उपयुक्त हुन्छ । मासुलाई उसिनेरभन्दा पनि बफ्याएर पकाउन सकिन्छ । मासुलाई सुख्खा किसिमले फ्राइ गरेर भाँडाको तल रहेको चिल्लो फालेर खान सकिन्छ । चिल्लो, पिरो तथा मसला कम हालेर पकाइएको मासु स्वस्थ हुन्छ । मासुलाई १ सय डिग्रीभन्दा बढी तापक्रममा पकाउनुपर्छ । मासुको विकल्प दसैंलाई मासु खाने चाडका रूपमा लिइन्छ । हुन पनि यो समयमा सबैजसोको घरमा मासु पाक्छ । शाकाहारीले दसैंमा मासुको विकल्पका रूपमा मसरुम, पनीर, गेडागुडी, सागपात, दूध, मिठाईं आदि खान सक्छन् । यसैगरी भटमास तथा त्यसको उत्पादन पनि प्रोटिनका राम्रा स्रोत हुन् । तोफु तथा न्युट्रेला खाँदा पनि पर्याप्त प्रोटिन प्राप्त हुन्छ । स्वस्थ मासु चाडपर्वमा मासुको खपत बढी हुन्छ । यस्तो बेला बेचबिखन गरिएका पशुपंक्षी कत्तिको स्वस्थ छन् ध्यान पुर्‍याउनु आवश्यक छ । मासु काट्ने ठाउँ सफा छ–छैन हेर्नुपर्छ । काँचो मासु खानुहुँदैन । सावधानी मासुलाई सेकुवा बनाएर खाने चलन छ । सामान्य समयमा पनि सेकुवा खाने ट्रेन्ड बढ्दो छ । पोलेको मासु तथा सेकुवा धेरै खाँदा पेट र आन्द्रासम्बन्धी क्यान्सर हुने सम्भावना वृद्धि हुन्छ किनभने यस्तो मासुमा कार्सिनोजेनिक नामक तत्व समावेश हुन्छ । टिप्स दसैंमा धेरैजसोको घरमा मासुसँगै कोल्डड्रिंक्स पनि सर्व हुन्छ । कोल्ड ड्रिंक्स स्वास्थ्यका लागि हितकर मानिँदैनन् । यसमा क्यालोरीको मात्रा शून्य हुन्छ । खाली पेटमा सेवन गर्दा त्यसमा भएको फस्फोरिक एसिडका कारण ढ्याउँ–ढ्याउँ आउँछ । यसको नियमित प्रयोगले हड्डी खिइने प्रक्रियालाई बल पुर्‍याउँछ भने दाँतको इनामेलमा पनि असर गर्छ । (साभार : नारी म्यागेजिनबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending