Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सत्तामा रहने इच्छा छैन्ः प्रधानमन्त्री कोइराला

काठमाण्डौं, प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई सत्तामा रही रहने कुनै इच्छा नभएको बताएका छन् । संविधान निर्माण प्रक्रियामा देखिएको गतिरोधका कारण कोइरालाको आलोचना भैरहँदा उनले आफुलाई जसरी तसरी सत्तामा रही रहने इच्छा नरहेको बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन–पत्र बुझाउन गएको संघिय समावेशी मोर्चाको ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोइरालाले भने– ‘मेरो सहमतिमै संविधान बनोस भन्ने चाहना छ । तर, त्यसो नभए प्रक्रियामा गएर भएपनि संविधान घोषणा गर्नुपर्ने हुन्छ । जसरी तसरी सत्तामा रहने इच्छा मलाई छैन् । संविधान आओस् म प्रधानमन्त्री पद छोडिदिन्छु ।’ ज्ञापन–पत्र बुझाउन सभासद समेत रहेका मोर्चाका संयोजक हरिचरण शाह नेतृत्वको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि आफु अधिकतम लचक भएको समेत बताएका थिए । ‘म संविधान निर्माणका लागि अधिकतम लचक छु तर विपक्षी मोर्चा नै सहमतिमा आउन मान्दैन यस्तोमा के गर्न सकिन्छ ?’– प्रधानमन्त्रीलाई उदृत गर्दै ज्ञापन पत्र बुझाएपछि मोर्चा संयोजक शाहले खबरडबलीलाई बताए । प्रधानमन्त्री कोइरालाले देश आन्दोलनमा गए नेपाली जनताले दशकौं लामो बलिदानीपूर्ण संघर्षले हासिल गरेको सम्पूर्ण हक अधिकार बालुवामा पानी हाले सरह खेर जाने बताए । भेटका क्रममा उनले मुलुकमा राजनीतिक दलहरुका बीचमा आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमति कायम हुन नदिने शक्ति पनि सक्रिय रहेको बताउदै तिनीहरुबाट जोगिएर देश र जनताको हितमा काम गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरे । प्रधानमन्त्री कोइरालाले आउने संविधानमा सबै जनजाति, आदिवासी, महिला, दलित, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, सीमान्तकृत सहित सबै नेपालीलाई आ-आफ्नो भाषा, धर्म, संस्कृति, रीति, परम्परा, भेष–भूषाको पहिचान, संरक्षण र संबर्धनको स्वतन्त्रता रहने पनि बताउनु भयो । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोइरालाले मुलुकमा संविधान जारी गरेर नै संक्रमण कालको छिटो भन्दा छिटो अन्त्य गर्न सकिने बताएका थिए । संविधान निर्माणमा कोइरालाले कसैको भ्रम र उक्साहटमा परेर देशलाई अस्थिरतातर्फ लगियो भने यो नै अन्तिम अवसर हुने पनि उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending