Khabar Dabali २५ कार्तिक २०८२ सोमबार | 10th November, 2025 Mon
Investment bank

सत्तामा रहने इच्छा छैन्ः प्रधानमन्त्री कोइराला

काठमाण्डौं, प्रधानमन्त्री सुशील कोइरालाले आफुलाई सत्तामा रही रहने कुनै इच्छा नभएको बताएका छन् । संविधान निर्माण प्रक्रियामा देखिएको गतिरोधका कारण कोइरालाको आलोचना भैरहँदा उनले आफुलाई जसरी तसरी सत्तामा रही रहने इच्छा नरहेको बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापन–पत्र बुझाउन गएको संघिय समावेशी मोर्चाको ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोइरालाले भने– ‘मेरो सहमतिमै संविधान बनोस भन्ने चाहना छ । तर, त्यसो नभए प्रक्रियामा गएर भएपनि संविधान घोषणा गर्नुपर्ने हुन्छ । जसरी तसरी सत्तामा रहने इच्छा मलाई छैन् । संविधान आओस् म प्रधानमन्त्री पद छोडिदिन्छु ।’ ज्ञापन–पत्र बुझाउन सभासद समेत रहेका मोर्चाका संयोजक हरिचरण शाह नेतृत्वको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि आफु अधिकतम लचक भएको समेत बताएका थिए । ‘म संविधान निर्माणका लागि अधिकतम लचक छु तर विपक्षी मोर्चा नै सहमतिमा आउन मान्दैन यस्तोमा के गर्न सकिन्छ ?’– प्रधानमन्त्रीलाई उदृत गर्दै ज्ञापन पत्र बुझाएपछि मोर्चा संयोजक शाहले खबरडबलीलाई बताए । प्रधानमन्त्री कोइरालाले देश आन्दोलनमा गए नेपाली जनताले दशकौं लामो बलिदानीपूर्ण संघर्षले हासिल गरेको सम्पूर्ण हक अधिकार बालुवामा पानी हाले सरह खेर जाने बताए । भेटका क्रममा उनले मुलुकमा राजनीतिक दलहरुका बीचमा आपसी संवाद, सहकार्य, एकता, मेलमिलाप र सहमति कायम हुन नदिने शक्ति पनि सक्रिय रहेको बताउदै तिनीहरुबाट जोगिएर देश र जनताको हितमा काम गर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गरे । प्रधानमन्त्री कोइरालाले आउने संविधानमा सबै जनजाति, आदिवासी, महिला, दलित, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, सीमान्तकृत सहित सबै नेपालीलाई आ-आफ्नो भाषा, धर्म, संस्कृति, रीति, परम्परा, भेष–भूषाको पहिचान, संरक्षण र संबर्धनको स्वतन्त्रता रहने पनि बताउनु भयो । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री कोइरालाले मुलुकमा संविधान जारी गरेर नै संक्रमण कालको छिटो भन्दा छिटो अन्त्य गर्न सकिने बताएका थिए । संविधान निर्माणमा कोइरालाले कसैको भ्रम र उक्साहटमा परेर देशलाई अस्थिरतातर्फ लगियो भने यो नै अन्तिम अवसर हुने पनि उल्लेख गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending