Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

असन्तुष्ट पक्षको माग सम्बोधन नगरे निर्वाचन असम्भव: प्रवक्ता भुसाल

\"pamfa-750\"भक्तपुर, १६ असोज । नेकपा माओबादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संबिधान प्रति असन्तुष्ट जनाउँदै आएकाहरुको माग पुरा नगरे निर्वाचन असम्भव रहेको बताएकी छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै भुसालले लामो समयदेखि जायज माग राख्दै संबिधान संशोधनको लागि आन्दोलन गर्दै आएका दलहरुको माग सम्बोधन नगरी निर्वाचन तोकिएको समयमा नहुने बताएकी हुन । स्थानिय तहको पुर्नसंरचना बिगतकै जिबिसको इलाका र नगरपालिकलाई आधार मानेर कार्तिकसम्म तयारी सक्ने र कार्तिकमै स्थानियतहको निर्वाचन मिति घोषणाको तयारीमा तीन दलका शिर्ष नेता लागिरहेको उनले बताइन । संबिधान संशोधनको प्रस्ताव दशैं र तिहारको बीचमा सरकारले संसदमा पेश गर्ने तयारी गरिरहेको र तत् पश्चात निकासको सम्भावना निक्लने भुसालले बताइन । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको पच्चीस बुँदेका बिषयमा अनाहक हल्ला गरिएको र यो कुटनीति मर्यादामै रहेको भन्दै पञ्चशिलताका आधारमा भएको उनले बताए । उनले बाबुरामले राष्ट्रियताको सवालमा चिन्ता व्यक्त गरेको तर्फ ब्यंङ्ग गर्दै बिगतको सरकारका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेको पालामा गरिएको सम्झौतामा कुनै फेरबदल नभएको समेत उनले जानकारी दिइन । प्रतिपक्षमा रहेको एमालेले जति नै विरोध गरेता पनि संविधान कार्यन्वयनको पाटोमा भने देशको हितका निम्ति काम गर्ने भन्दै उनले संविधानको सवाल कार्यन्वयनमा एमालेले अवरोध नगर्ने उनले बताइन । पूननिर्माणको विषयमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको को सरकाले ४लाख ७० हजार भन्दा अधिक घर परिवारलाई राहत उपलब्ध गराई सकेको र अन्य कामलाई तिब्रता दिइरहेको भन्दै उनले पूननिर्माण्मा सरकार दत्तचित्त भएर लागेको बताइन । पर्वसँगै कालोबजारी बढेको गुनासोहरुलई संवोधन गर्न सरकार लागि परेको र बजार अनुगमन देखि सर्वसुलभ पसलहरु सञ्चालन गरि सक्दो राहत प्रदानमा लागेता पनि साचेअनुरुप कालोबजारी नियान्त्रण गर्न नसकेको उनको स्विकारोक्ति थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending