Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एमबिबिएस परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम असुल्ने पक्राउ

\"arrest\"काठमाडौँ, १६ असोज । काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् । महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र सिन्धुली आम्बोटे गाविस घर भई सो संस्थामा कार्यरत गणेश अधिकारीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । अधिकारीले काठमाडाँै, नागार्जुन नगरपालिका बस्ने विमला पन्तकी छोरी सायसालाई आफ्नो विभिन्न चिकित्सकसँग राम्रो चिनजान रहेकाले यही असोज १५ गतेदेखि हुने एमबिबिएस परीक्षामा उत्तीर्ण गरीदिन्छु भन्दै रु दुई लाख मागेका थिए । आमा विमलाले अन्य व्यक्तिलाई बुझ्दा त्यसरी उत्तीर्ण गराउन नसक्ने यकिन भएपछि महाशाखामा आई निवेदन दिनुभएको थियो । त्यसपछि महाशाखाबाट सादा पोसाकमा पन्तका साथमा संस्थामा प्रहरी टोली खटी अधिकारीले मोलमोलाई गरिरहेको अवस्थामा गत बुधबार पक्राउ गरिएको हो । अधिकारीलाई सोधपुछ गर्दा सञ्चालक साहमार्फत सो काम हुने भनी बयान दिएपछि बिहीबार साहलाई समेत पक्राउ गरिएको महाशाखाले जनाएको छ । सञ्चालक साहले आफू चिकित्सक भएको बताई ठगी गर्ने गरेको भए पनि उनी चिकित्सक नभएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अभियुक्तलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending