Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

सद्भावना पार्टीले भारतका पक्षमा विज्ञप्ति निकाल्यो

\"mahendra_yadav\"काठमाडौं, १६ असोज । तपाइ मधेस सद्भावना पार्टी (तमसपा)ले भारतका पक्षमा विज्ञप्ति निकालेको छ । तमसपाले आइतबार विज्ञप्ति जारी गर्दै भारतले गरेको कारबाहीको पनि समर्थन जनाएको छ । ‘भारतीय जनता र सरकारले आतंकवादविरुद्ध जारी राखेको अडान र संघर्षप्रति हाम्रो पार्टीले नैतिक समर्थन गर्दछ ।’– तमसपा अध्यक्ष महेन्द्र राय यादवले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रायले विश्वका कयौं राष्ट्रमा आतंककारीहरुले गरेको हिंसात्मक गतिविधिको कारण मानव अधिकार र लोकतन्त्र नै संकटमा परेको उल्लेख गर्दै कश्मिरमा भएको हमलाको भत्र्सना गरेका छन् । उनले सो आक्रमणमा मारिएका भारतीय सैनिक जवानहरुप्रति श्रद्धाञ्जलिसमेत ब्यक्त गरेका छन् । भारतका पक्षमा नेपालका राजनीतिक दलका तर्फबाट विज्ञप्ति निकाल्ने तमसपा पहिलो पार्टी बनेको छ । तमसपाको एक प्रत्यक्ष र दुई समानुपातिक गरी व्यवस्थापिका संसदमा तीन सांसद् छन् । गत असोज २ गते भारत प्रशासित कश्मिरको सैनिक मुख्यालयमा भएको आक्रमणमा १८ सैनिक मारिएका थिए । उक्त आक्रमणपछि भारतले पाकिस्तानलाई आतंककारी मुलुक भएको आरोप लगाउँदै ‘सर्जिकल स्ट्राइक’ नै सञ्चालन गरेको जनाएको छ । पाकिस्तानी सीमा क्षेत्रमै प्रवेश गरी गरिएको अपरेशनमा ५० भन्दा बढी आतंककारी मारिएको भारतले दाबी गर्दै आएको छ । पाकिस्तानले भने भारतले कुनै पनि सर्जिकल स्ट्राइक नगरेको जनाएको छ । भारतको दाबीप्रति संयुक्त राष्ट्रसंघले गलत भन्दै प्रश्न उठाएको छ । \"tamasapa-press-relese\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending