Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

उन्नाइसौं सार्क शिखर सम्मेलनका लागि नेपालले पहल गर्छः परराष्ट्रमन्त्री

\"prakashsaran_mahat-750\" काठमाडौं, १५ असोज । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को स्थगित १९ आँै शिखर सम्मेलन आयोजना गराउन नेपालले सदस्य राष्ट्रसँग छलफल गरी आवश्यक पहल गर्ने बताएका छन् । संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा भाग लिएर स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने– सबै सहभागी हुने सुनिश्चित गरेर शिखर सम्मेलन गर्नुपर्छ, त्यसका लागि सबै सदस्य राष्ट्र संवेदनशील हुन आवश्यक छ । क्षेत्रीय सहयोग र विकासलाई अघि बढाउन सार्क महत्वपूर्ण मञ्चका रुपमा रहेको हँुदा सदस्य राष्ट्रबीचको सुमधुर सम्बन्धले यस क्षेत्रको विकास र मञ्चको उपयोगिता बढ्ने बताउँदै परराष्ट्रमन्त्री डा महतले भने–“सदस्य राष्ट्रसँगको छलफलबाट उपयुक्त वातावरणको सुनिश्चितता गर्दै शिखर सम्मेलनको टुङ्गो लगाइने छ ।” भारत–पाकिस्तानबीच सम्बन्धमा देखिएको पछिल्लो तिक्ततासँगै आगामी कात्तिकमा हुने कार्यसूची रहेको सार्क शिखर सम्मेलन स्थगन भएको हो । हाल नेपाल अध्यक्ष रहेको सार्कको आगामी शिखर सम्मेलन पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक २४–२५ गते हुने तय भएको थियो । सार्कको बडापत्रमा कारणवश एउटा सदस्य राष्ट्र मात्रै पनि सहभागी हुन नसक्ने परिस्थिति भएका खण्डमा शिखर सम्मेलन हुन नसक्ने प्रावधान छ । भारत– पाकिस्तानबीच उत्पन्न तनावसँगै सार्कका सदस्य राष्ट्र बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का लगायतले शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण उपयुक्त हुनुपर्ने भनाइ सार्वजनिक गरिसकेका छन् । राष्ट्र सङ्घको महासभाका अवसरमा सहभागी सबै खाले मञ्चमा नेपालका तर्फबाट राष्ट्रिय आवश्यकता र राष्ट्रिय हितका ठोस ढङ्गबाट भनाइ प्रस्तुत गरिएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिए । उनले भने–“महासभामा संयुक्त राष्ट्र सङ्घमार्फत विश्वशान्ति स्थापनार्थ गरेको योगदान, भूपरिवेष्ठित मुलुकले भोग्दै आएका समस्या र पाउनुपर्ने सुविधा, जलवायु परिवर्तन, आप्रवासीको सुरक्षा र रोजगारीका विषयमा नेपालका तर्फबाट ठोस ढङ्गले कुरा राखिएको छ ।” नेपाली सेनाले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदान अनुरुपको जिम्मेवारी दिइनुपर्ने विषयमा पनि उनले महासभामा अरु भेटघाटमा कुरा राखेका थिए । उनले नेपालीले संविधानसभाबाट बनाएको संविधान धेरै समावेशी भएको तथा संविधानमा मानवाधिकार र महिला अधिकार लगायत अरु अन्तर्राष्ट्रिय मूल्यमान्यतालाई व्यापक रुपमा समेटिएको हँुदा कार्यान्वयनको चरणतर्फ रहेकाबारे त्यहाँ विभिन्न मञ्चलाई जानकारी गराएका थिए । अमेरिका लगायत मुलुकले नेपालको संविधानको स्वागत गर्दै सहयोग र समर्थन रहेको बताएको मन्त्री डा महतले जानकारी दिए । महासभामा भाग लिने क्रममा अमेरिकामा रहँदा परराष्ट्रमन्त्री डा महतले राष्ट्र सङ्घका महासचिव बान की– मुन, अमेरिकाका राष्ट्रपति बाराक ओबामा, विदेशमन्त्री जोन केरीका अतिरिक्त पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ, कोलम्बियाका विदेशमन्त्री लगायतसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण सकेपछि परराष्ट्रमन्त्री डा महत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिन त्यसतर्फ गएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending