Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

प्रधानमन्त्रीले भने, कसिएका गाँठा फुकाउने संकल्पसहित आएको छु सहयोग गर्नुस

\"_dsc2283\"असोज १४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास, समृद्धि र प्रगतिका बाधकका रुपमा कसिएका गाँठा फुकाउने संकल्प सहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा आएको बताएका छन् । शुक्रबार पूर्वाञ्चल विश्विद्यालयसँग सरोकार राख्ने बुद्धिजीवीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘अघिल्लो कार्यकालमा चाहेर पनि समस्याका धेरै गाँठा फुकाउन सकिएन । मैले पहल गरेर हुन्छ भने यसपालि धेरै गाँठा फुकाउने चाहना र संकल्पसहित आएको छु । देशको विकास, समृद्धि र प्रगतिका लागि समस्या धेरै गाँठा फुकाउने संकल्प छ, हेरौं कति फुक्छन् ।’ प्रधानमन्त्रीले पूर्वाञ्चल विश्वविद्यालय नेपालको पुरानो र स्थापित विश्वविद्यालय भएको स्मरण गर्दै प्राज्ञिक र प्रशासनिक नेतृत्वको सवलता र इमान्दारिताले मात्रै प्राज्ञिक क्षेत्रको विकास हुने बताए । भेटमा प्रधानमन्त्रीले सबै प्रदेशमा सरकारी प्रयासबाटै मेडिकल कलेज बनाउने सरकारको संकल्प रहेको जानकारी दिए । भेटमा बुद्धिजीवीहरुको सर्वदलीय समूहले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज र शिक्षण अस्पताल स्थापना गर्न, कलेजका केन्द्रीय प्रशासनिक निकायहरु मोरङको गुडगाउँमा स्थानान्तरणको व्यवस्था गर्न, पूर्वाञ्चल विश्वविद्यालयलाई पूर्ण सरकारी लगानीमा सञ्चालन गर्न र विश्वविद्यालयको आय–व्यय महालेखा नियन्त्रकको कार्यालयबाटै लेखा परीक्षण गर्ने व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending