Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

'राष्ट्रघात र प्रतिगमनको खतरा' भन्दै बाबुराम सडकमा

\"naya-shakti-protest-at-bhadrakali\" काठमाडौं, १४ असोज । तत्कालिन माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला भारतसँग विप्पा सम्झौता गरिएको भन्दै आफ्नै पार्टीका नेता मोहन वैद्य ‘किरण’ सडकमा उत्रिएका थिए । भट्टराईले राष्ट्रघाती सम्झौता गरेको भन्दै आफ्नै पार्टीका नेता वैद्यले सडकमा नै उत्रिएर आफ्नै सरकारविरुद्ध सडक आन्दोलन चर्काएका थिए । भट्टराईले गरेका विप्पा लगायतका सम्झौतालाई कार्यान्वयनमा ल्याउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै दिल्ली भ्रमणमा सम्झौता गरेर आएका छन् । दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र प्रचण्डका समकक्षी नरेन्द्र मोदीबाट जारी गरिएको २५ बुँदे संयुक्त वक्तब्यमा पनि सो कुरा उल्लेख छ । तिनै भट्टराईले अहिले राष्ट्रघात र प्रतिगमनको खतरा देखेका छन् । उनी अहिले नयाँ शक्ति पार्टीको ब्यानरमा वर्तमान सरकारलाई राष्ट्रघाती भन्दै सडकमा उत्रिन थालेका छन् । ‘राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध जनदबाब कार्यक्रम’ भन्दै भट्टराईले शुक्रबार काठमाडौंको भद्रकाली सडकमा कार्यकर्तासँगै धर्ना कसे । नयाँशक्तिका संयोजक रहेका भट्टराईसँगै उनका पार्टी दुई जना सहसंयोजक पनि मुठ्ठी कसेर सडकमा नारा लगाइरहेका थिए । प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थलाई ध्यान दिँँदा संविधान जारी भएपछि प्राप्त भएका उपलब्धि पनि गुम्ने खतरा बढेको भट्टराईको आशंका छ । प्राप्त अधिकार पनि गुम्ने खतरा रहेको भन्दै नयाँ शक्तिले सचेत रहने अपिल समेत गरेको छ । भट्टरार्इ प्रधानमन्त्री भएकै बेला पहिलाे संविधानसभा संविधान जारी नगरी विघटन भएकाे थियाे । धर्नासँगै शुक्रबार नै नयाँ शक्ति पार्टीले सरकारसमक्ष पाँच बुँदे मागसमेत प्रस्तुत गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तब्यले नेपाललाई भुटानीकरणको स्थितिमा पु¥याएको नयाँ शक्तिको आरोप छ । प्रधानमन्त्री प्रचण्डले नेपालको वैदेशिक नीति भारतीय स्वार्थसँग जोडेर असंलग्न परराष्ट्र नीतिलाई समाप्त गर्न खोजेकोसमेत नयाँशक्तिको आरोप छ । २५ बुँदे वक्तब्यको ११ नम्बर बुँदाले विदेश नीति भारतसँग जोडेर नेपालको भुटानीकरण गर्ने काम गरेको नयाँ शक्तिको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending