Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

'राष्ट्रघात र प्रतिगमनको खतरा' भन्दै बाबुराम सडकमा

\"naya-shakti-protest-at-bhadrakali\" काठमाडौं, १४ असोज । तत्कालिन माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला भारतसँग विप्पा सम्झौता गरिएको भन्दै आफ्नै पार्टीका नेता मोहन वैद्य ‘किरण’ सडकमा उत्रिएका थिए । भट्टराईले राष्ट्रघाती सम्झौता गरेको भन्दै आफ्नै पार्टीका नेता वैद्यले सडकमा नै उत्रिएर आफ्नै सरकारविरुद्ध सडक आन्दोलन चर्काएका थिए । भट्टराईले गरेका विप्पा लगायतका सम्झौतालाई कार्यान्वयनमा ल्याउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै दिल्ली भ्रमणमा सम्झौता गरेर आएका छन् । दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र प्रचण्डका समकक्षी नरेन्द्र मोदीबाट जारी गरिएको २५ बुँदे संयुक्त वक्तब्यमा पनि सो कुरा उल्लेख छ । तिनै भट्टराईले अहिले राष्ट्रघात र प्रतिगमनको खतरा देखेका छन् । उनी अहिले नयाँ शक्ति पार्टीको ब्यानरमा वर्तमान सरकारलाई राष्ट्रघाती भन्दै सडकमा उत्रिन थालेका छन् । ‘राष्ट्रघात र प्रतिगमनको खतराविरुद्ध जनदबाब कार्यक्रम’ भन्दै भट्टराईले शुक्रबार काठमाडौंको भद्रकाली सडकमा कार्यकर्तासँगै धर्ना कसे । नयाँशक्तिका संयोजक रहेका भट्टराईसँगै उनका पार्टी दुई जना सहसंयोजक पनि मुठ्ठी कसेर सडकमा नारा लगाइरहेका थिए । प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थलाई ध्यान दिँँदा संविधान जारी भएपछि प्राप्त भएका उपलब्धि पनि गुम्ने खतरा बढेको भट्टराईको आशंका छ । प्राप्त अधिकार पनि गुम्ने खतरा रहेको भन्दै नयाँ शक्तिले सचेत रहने अपिल समेत गरेको छ । भट्टरार्इ प्रधानमन्त्री भएकै बेला पहिलाे संविधानसभा संविधान जारी नगरी विघटन भएकाे थियाे । धर्नासँगै शुक्रबार नै नयाँ शक्ति पार्टीले सरकारसमक्ष पाँच बुँदे मागसमेत प्रस्तुत गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तब्यले नेपाललाई भुटानीकरणको स्थितिमा पु¥याएको नयाँ शक्तिको आरोप छ । प्रधानमन्त्री प्रचण्डले नेपालको वैदेशिक नीति भारतीय स्वार्थसँग जोडेर असंलग्न परराष्ट्र नीतिलाई समाप्त गर्न खोजेकोसमेत नयाँशक्तिको आरोप छ । २५ बुँदे वक्तब्यको ११ नम्बर बुँदाले विदेश नीति भारतसँग जोडेर नेपालको भुटानीकरण गर्ने काम गरेको नयाँ शक्तिको आरोप छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending