Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

थ्रीस्टारले उपाधिका लागि आज इस्ट बङ्गालसँग भिड्ने

\"Three-Star1\"काठमाडौँ, १४ असोज । भारतको गुवाहाटीमा जारी ६४औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपालको थ्रीस्टार क्लबले घरेलु टोली इस्ट बङ्गाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय लिग विजेता थ्रीस्टारले सिक्किम युनाइटेड र इस्ट बङ्गालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । छ वर्षअघि प्रतियोगिताको अन्तिमचरणमा पुगेर उपाधि जित्न असफल थ्रीस्टारले प्रतियोगिताकै बलियो टोली इस्ट बङ्गाललाई फाइनलमा प्रतिद्वन्द्वी पाएको हो । थ्रीस्टारले समूह चरणमा नागाल्यान्डलाई ६–१ ले पराजित गरेको थियो भने सिलोङ लाजोङ र ओयल इन्डियासँग १–१ गोलको बराबरी गरेको थियो । एक महिनाअघि एएफसी कपको प्लेअफमा छनोट भएको थ्रीस्टारले सेमिफाइनलमा सिक्किम युनाइटेडलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । थ्रीस्टारले विपक्षीको पोष्टमा १२ गोल गरेको छ भने चार गोल मात्र ब्यहोरेको छ । जारी प्रतियोगितामा एक गोल पनि नखाएको इस्ट बङ्गालले विपक्षीको पोस्टमा १२ गोल गरेको छ । समूह चरणमा इस्ट बङ्गालले बङ्गलादेशका बोनगोबिर ओग्रागामी क्लबलाई ६–० ले हराएको थियो भने सिक्किम युनाइटेडलाई २–० ले तथा गुवाहाटीको स्थानीय क्लबलाई ३–० ले हराएको थियो । सेमिफाइनलमा उसले सिलोङ लाजोङलाई १–० ले पराजित गरेको थियो । फाइनल खेल गुवाहाटीस्थित नेहरु स्टेडियममा आज अपराह्न सुरु हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending