Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

४८ घण्टाभित्र दिल्लीमा ठूलो हमला हुन सक्ने, जवाफी कारबाहीका लागि एयरफोर्स तयार

\"delhi-aatank\"काठमाडौं, १४ असोज । भारतको कश्मिरमा भएको हमलापछि भारत–पाकिस्तानबीचको द्वन्द्व बढिरहेकाबेला भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी हमला हुन सक्ने भन्दै एयर फोर्स तयारी अवस्थामा राखिएको छ । आगामी ४८ घण्टाभित्र ठूलो आतंकवादी हमला हुनसक्ने भन्दै भारतले ५ मिनमै जवाफ दिन एयरफोर्स तयारी अवस्थामा राखेको भारतीय चर्चित मिडिया आजतकले जनाएको छ । भारतको महत्वपूर्ण क्षेत्रमा आगामी ४८ घण्टाभित्रै हमला हुन सक्ने आशंका गरिएको छ । उक्त सूचनापछि दिल्ली सरकारले ती क्षेत्रहरुमा सुरक्षा सतर्कता बढाएको छ । केन्द्रीय प्रहरी तथा दिल्ली प्रहरीले कुनै पनि हमला रोक्नका लागि लगातार काम गरिरहेको छ । लडाकु विमान एयरफोर्स समेत तयारी अवस्थामा राखिएको छ । कुनै पनि आपतकालिन स्थिति अन्त्य गर्न सफल हुने गरी एयरफोर्स तयारी अवस्थामा राखिएको भारतीय मिडियाहरुले जनाएका छन् । सबै प्रहरी बललाई ठूलो आतंकवादी हमला हुन सक्ने भन्दै तयारीमा रहनका लागि यसबारेमा म्यासेज गरिएको छ । प्रहरीलाई बुलेट प्रुफ ज्याकेट लगाउनसमेत निर्देशन दिइएको छ । ‘क्विक रेस्पोन्स टिम’लाई पनि उच्च तयारीमा राखिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार पछिल्लो स्थितको समीक्षा गर्न क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) को बैठक बोलाएका छन् । तनाव बढेमा स्थिति सम्हाल्नेबारे पनि वैठकमा छलफल हुन सक्नेछ । भारतको सर्जिकल स्ट्राइक तथा पाकिस्तानसँग बढ्दै गएको तनावकाबीच केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले पनि शुक्रबार सुरक्षा बैठक बोालउका छ । उक्त बैठकमा आईबीच तथा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखका साथै एनएसए अजित डोबल पनि सहभागी हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending