Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

घटस्थापनाअघि नै बसको टिकट सकियो !

\"dashain-ticket-booking-750\" काठमाडौं, १४ असोज । दशैंमा घर जानका लागि टिकट लिन विहीबार सुर्खेतका धनराज चुनारा बसपार्क पुगे । तर टिकट सकिसकेको भनिएपछि उनी निराश भएर फर्किए । एक साताअघि नै टिकट बुकिङ खुल्ला गरेका ब्यवसायीहरुले नवमीसम्मको टिकट सकिसकेको भन्दै फिर्ता गर्न थालेका छन् । टिकट नपाएर फर्किने धनराज मात्र होइन, उनीजस्तै थुप्रै नेपाली टिकट नपाएर आजित छन् । टिकट नपाएपछि चिनेजानेका ब्यवसायी र यातायातका कर्मचारीहरुको खोजीमा देखिन्छन् भने कोही अन्य विकल्पको खोजीमा छन् । घटनास्थापनादेखि काठमाडौंबाट घर फर्किने क्रम शुरु हुने भएकाले एक साताअघिदेखि नै टिकट बुकिङ खुल्ला गरिएको थियो । तर घटस्थाना शुरु हुनुअघि नै ब्यवसायीहरुले टिकट सकिएको भन्दै बुकिङ काउन्टर बन्द गरेपछि सबैलाई उत्तिकै तनाव छ । काठमाडौंबाट नजिकका नागरिकहरु जसोतसो झुण्डिएर जाउँला भन्ने मानसिकतामा छन् भने टाढा टाढाका ब्यक्तिहरु कसरी जान सकिएला भनेर चिन्तित देखिन्छन् । हरेक वर्ष देशैैंमा घर परिवार तथा मान्यजनको हातबाट टीका थाप्न भन्दै लाखौं नेपाली काठमाडौंबाट बाहिरिन्छन् । दशैंमा काठमाडौं रित्तोजस्तै हुन्छ । गत वर्ष दशैंमा काठमाडौंबाट १८ लाख मानिस उपत्यकाबाट बाहिरिएको प्रहरीको तथ्यांक छ । यो वर्ष यातायात ब्यवसायी महासंघकाअनुसार १० लाख टिकट विक्री भइसकेको छ । तर अझै लाखौं मानिसले टिकट लिएकै छैनन् । काठमाडौंमा पढ्न बसेका विद्यार्थीहरु घटनास्थापनादेखि नै घर फर्किन्छन् भने कर्मचारीहरु अधिकांश फुलपातीदेखि घर फर्किन्छन् । दशैंमा सबैजना घर फर्किने भएकाले नियमित रुटका गाडी अपुग हुने भएका हरेक वर्ष अस्थायी रुट परमिटमा बस सञ्चालनको अनुमति दिने गरिएको छ ।   यो वर्ष अत्याधिक सवारी दुर्घटना भइरहेकाले सिट क्षमता भन्दा बढी यात्रु चढ्न नदिन ट्राफिक प्रहरीले कडाइ गरिरहेको छ । तर ब्यवसायीहरु भने सिट क्षमता भन्दा बढी यात्रु बोक्न पाउनुपर्ने भन्दै आन्दोलन गरेका छन् । सिट क्षमता भन्दा बढी यात्रु बोक्न नपाइने डरले ब्यवसायीहरुले आधा टिकट विक्री भएपछि टिकट सकिएको भन्दै टिकट बन्द गरेका छन् ।   टिकट बन्द गरी सरकारलाई दबाबमा पारेर बसको तलमाथि जतिपनि यात्रु राखेर लैजान बाध्य पार्ने दाउ ब्यवसायीको छ । व्यवसायीकै दबाबमा सरकारले असोज १५ गतेदेखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरिसकेको छ । \"Passengers यात्रुहरुलाई सहजता प्रदान गर्न भन्दै सरकारले अस्थायी रुट परमिट लिएर यात्रुबाहक बस जुनैसुकै ठाउँमा चलाउन दिने निर्णय गरे पनि यातायात ब्यवसायीहरुले सिट क्षमता भन्दा २० जना बढी यात्रु बोक्न पाउनुपर्ने माग राखेका छन् । क्षमताभन्दा बढी मनपरी यात्रु राख्न बाध्य पार्न ब्यवसायीहरुले यस्तो अडान राखेपछि सरकारले विकल्प खोजेको छ । डेढ वर्षअघि शक्तिशाली भूकम्प गएकाबेला प्याब्सन, एन प्याब्सन तथा हिसानले स्कुल बसहरुबाट निःशुल्क रुपमै यात्रु ओसारेको थियो । अहिले पनि काठमाडौंमा सञ्चालित साझा यातायात, मेट्रो लगायतका ठूला बसहरुलाई दशैंमा बाहिर पठाउनेबारेमा छलफल शुरु भएको छ । यात्रुहरुको सहजताका लागि साझा यातायातले काठमाडौंबाट गोरखा र बाग्लुङ् रुटमा दैनिक एक एक वटा बस सञ्चालन गर्ने निर्णय गरिसकेको छ । साझाले असोज १६ गतेदेखि गोरखा र बाग्लुङको रुटमा दैनिक एक एक वटा बस सञ्चालन गर्न लागेको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए । विहान साढे ६ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्कबाट कलंकी हुँदै साझा बस बाग्लुङ प्रस्थान गर्नेछ भने विहान ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै गोरखा प्रस्थान गर्ने साझा यातायातले जनाएको छ । यता, नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले दसैँमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ । यातायात व्यवसायको क्षेत्रमा एकाधिकार कायम राखी यात्रु तथा सेवाग्राहीलाई ठग्ने संघसंस्थालाई सरकारले कारबाही गर्नुपर्नेमा महासङ्घका अध्यक्ष विष्णु सिवाकोटी बताउँछन् । ब्यवसायीहरुको एकाधिकार तोड्न साझा यातायात, मेट्रो तथा अन्य यातायात काठमाडौं बाहिर पठाउनुपर्नेबारेमा छलफल शुरु भएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending