Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

नौ वर्षसम्म पनि पुर्पक्षकालागि थुनामा !

\"jail-620x400\"बर्दिवास, १४ असोज । सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्षभित्रै हुने अदालती तालिका भएपनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षकालागि थुनामा छन् । आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आपूmविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्ष थुनामै कारागार बस्न बाध्य भएका हुन् । दुई पक्षबीचको झैैझगडाका क्रममा २०६४ जेठ २३ गते गाउँकै बिशेश्वर मण्डलको हत्या गरेको अभियोगमा तत्काल पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा कारागार पठाइएका तीनै दाजुभाइसम्बन्धित मुद्दा फैसला हुन नसक्दा उनीहरुको थुना अवधि बढेको हो । महोत्तरी कारागारमा रहेका रामनन्दन र रामदुलारले आपूmहरु सम्बन्धित मुद्दा किन फैसला हुन नसकेको भन्ने बारे जानकारी नभएको बताएका छन् । “घरका तीनै दाजुभाइ जेलमा बन्द छौँ”, कारागारमा उनीहरुको मुद्दाबारे बुझ्न पुगेका सञ्चारकर्मीसँग रामदुलार यादवले भने, “मुद्दाबारे बुझिदिने कोही नहुँदा फैसला हुन नसकेको बारे केही बुझेका छैनौँ ।” पुर्पक्ष थुनामा तीनै दाजुभाइ एकसाथ महोत्तरी कारागार पठाइएका भए पनि कान्छा वीरेन्द्र यादवलाई केही महिनाअघि कारागार सरुवा गरी हाल सप्तरी कारागार राजविराजमा पठाइएको महोत्तरी कारागार प्रशासनले जनाएको छ । तीनै दाजुभाइलाई महोत्तरी जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा राखिएको र कान्छा वीरेन्द्रलाई ठाउँ अभावले कारागार सरुवा गरिएको महोत्तरी कारागारका जेलर शोभेन्द्र ठाकुरले बताए । पूर्पक्ष थुनाको अवधि नौ वर्ष चार महिना हुँदासम्म पनि तीनै दाजुभाइबारे अन्य कुनै व्यहोराको अदालतबाट आदेश नआएको जेलर ठाकुरको भनाइ छ । यसैबीच, दुई बर्षमा टुङ्गिनुपर्ने मुद्दा नौ वर्षभन्दा बढी लम्बिनुमा मुद्दाबारे बीचमा भएका घटनाक्रम कारण बनेको महोत्तरी जिल्ला अदालतले जनाएको छ । यो मुद्दा फैसलाको अन्तिम चरणमा पुगेकै बेला २०६८ साल फागुन १५ गते मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेसँगै तत्सम्बन्धी पत्र पाएपछि २०७० साल जेठ २३ गतेको निर्णयले मुल्तबी रहेको अदालतका स्रेस्तेदार जानकीरमण यादवले जानकारी दिए । मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा परेको उजुरीबारे २०७२ साल पुस ३० गते संवैधानिक इजलासले फिर्ता लिन नमिल्ने निर्णय गरेपनि सोसम्बन्धी विस्तृत विवरण प्राप्त हुन नसक्दा मुद्दा मुल्तबीमै रहेकाले फैसला हुन नसकेको स्रेस्तेदार यादवको भनाइ छ । थुनामा रहेका रामनन्दनले सरकार र अदालतले के गर्दैछन् ? आपूmहरुलाई जानकारी नभएको प्रतिक्रिया दोहो¥याएका छन् । अदालत र सरकारको कामले आपूmहरु सम्बन्धित मुद्दा फैसलामा ढिलाइ हुँदा तीनै दाजुभाइ अन्यायमा परेका रामनन्दनले बताए । अदालतका स्रेस्तेदार यादवले अब संवैधानिक इजलासको फैसला विवरण प्राप्त हुनासाथै मुद्दा तत्काल फैसला हुनसक्ने गरी अङ्ग पुगिसकेको जानकारी दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending