Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

शुल्क बढाइएकोमा अनेरास्ववियुद्वारा विरोध

म्याग्दी, १४ असोज । म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिले विद्यार्थीलाई मर्का पर्ने गरी शुल्क बढाएको भन्दै अनेरास्ववियु म्याग्दीले विहिबार विरोध जनाएको छ । बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले स्नातक तहतर्फको चारवटै वर्षमा अध्ययनरत विद्यार्थीलाई आर्थिक भार थोपरिने गरी शुल्क वृद्धि गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो । सञ्चालक समितिले स्नातक तहमा मासिक शुल्क ६७५ रुपैयाँ बाट बढाएर प्रथम वर्षमा आठ सय, दोस्रो वर्षमा नौ सय, तेस्रो वर्षमा एक हजार र चौथो वर्षमा एक हजार एक सय रुपैयाँ शुल्क बनाएपछि आफूहरुले विरोधका कार्यक्रम सुरु गरेको अनेरास्ववियु म्याग्दी बहुमुखी मूल इकाई समितिमा सचिव ईश्वर सुवेदीले बताए । “यसअगाडि भर्ना शुल्क तीन हजार दुई सय रुपैयाँ बाट बढाएर चार हजार दुई सय रुपैयाँ बनाइयो, पुस्तकालय, खेलकुद लगायतका अन्य शुल्क पनि बढाइसकिएको छ, फेरि अहिले आएर मासिक शुल्क मनोमानी तवरले बढाइएको छ, यसले क्याम्पसमा अध्ययन गर्ने आम विद्यार्थी मर्काका छन्,” सुवेदीले भने । अनेरास्ववियुले क्याम्पसले शुल्क वृद्धि गरेको विरोधमा बिहीबार क्याम्पसमा विरोध सभासमेत गरेको छ । सभामा अनेरास्ववियुका जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य प्रकाश पौडेलले क्याम्पसको घाटा पूर्ति गर्न विद्यार्थीको शुल्क वृद्धि मात्रै गराउनु दुर्भाग्यपूर्ण रहेको भन्दै क्याम्पसले आम्दानीका लागि अन्य स्रोतको पनि पहिचान गर्नुपर्ने बताए । उनले हरेक वर्ष हुने तलब वृद्धिलाई पूर्ति गर्न विद्यार्थीलाई शुल्क बढाउने गरिएको प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए । यसअगाडि अनेरास्ववियुले बुधबार नै एक प्रेस विज्ञप्ति प्रकाशित गरी गरिब तथा विपन्न वर्गका विद्यार्थीले अध्ययन गर्ने म्याग्दी बहुमुखी क्याम्पसमा भारी शुल्क वृद्धि गरिएको भन्दै विरोध जनाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending