Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रक्सौल नेपाली युवाकाे लागुऔषध अखडा बन्दै

\"laguausadh-750\"वीरगन्ज, १४ असोज । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अखडाका रुपमा प्रयोग हुँदै आएका छन् । रक्सौलबजारको मयूरीगल्ली, डङ्कनरोड, पोस्टअफिस अड्डामा रहेका दर्जनौँ औषधि बिक्रेताले त्यस्तै बार सञ्चालन गरी आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेका छन् । त्यस्तो बारमा नियमित ग्राहक वीरगन्जका लागुऔषध सेवा गर्ने युवा हुन् । युवाका लागि लागुऔषध सेवन गर्न जाँदा औषधि पसलपछाडि बारमा पुग्दछन् जहाँ टेबुल, कुर्सी र पानीका बोतल राखिएको हुन्छ । युवाको मागअनुसार टेबुलमा लागुऔषध सजिलै आउने गर्दछ । बाहिर लागुऔषध सेवन गर्दा पक्राउ पर्ने डरले युवाले त्यस्तो बारको सहारा लिने गरेको वीरगन्ज छपकैयाका एक युवाले बताए । कुलतमा फसेका युवाका लागि यस्ता बार गन्तव्यस्थलका रुपमा विकसित हुँदै गइरहेका   छन् । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण लागुऔषध सेवन गर्ने सो सुरक्षित स्थानका रुपमा रहेको अर्का युवकले बताएका छन् । स सम्बन्धमा भारत रक्सोलका एक प्रहरी अधिकृतले नाम नछाप्ने सर्तमा औषधि पसलले नै प्रेस्किृप्सनमा लेखेर दिने गरेकाले अाफूहरूले त्यस्ता युवालाई कारबाही गर्न नसकेको बताए । तर पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले नेपाली प्रहरीले मात्र केही गर्न सक्दैनौँ त्यसका लागि भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय पर्साको एक तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि चालु वर्षको भदौसम्म १६२ जना लागुऔषध ओसारपसार तथा सेवन गर्नेलाई पक्राउ गरी कारबाही गरिएको छ । लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न नेपाल प्रहरी मात्र नभएर भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने वीरगन्जवासीको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending