Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

रक्सौल नेपाली युवाकाे लागुऔषध अखडा बन्दै

\"laguausadh-750\"वीरगन्ज, १४ असोज । लागुऔषध सेवनकर्ताका लागि सीमापारि भारतको रक्सौलमा रहेका औषधि पसलले कोरेस्क बार खोलेपछि नेपाली युवाका लागि त्यस्ता बार नशा गर्ने अखडाका रुपमा प्रयोग हुँदै आएका छन् । रक्सौलबजारको मयूरीगल्ली, डङ्कनरोड, पोस्टअफिस अड्डामा रहेका दर्जनौँ औषधि बिक्रेताले त्यस्तै बार सञ्चालन गरी आफ्ना ग्राहकलाई सेवा दिँदै आइरहेका छन् । त्यस्तो बारमा नियमित ग्राहक वीरगन्जका लागुऔषध सेवा गर्ने युवा हुन् । युवाका लागि लागुऔषध सेवन गर्न जाँदा औषधि पसलपछाडि बारमा पुग्दछन् जहाँ टेबुल, कुर्सी र पानीका बोतल राखिएको हुन्छ । युवाको मागअनुसार टेबुलमा लागुऔषध सजिलै आउने गर्दछ । बाहिर लागुऔषध सेवन गर्दा पक्राउ पर्ने डरले युवाले त्यस्तो बारको सहारा लिने गरेको वीरगन्ज छपकैयाका एक युवाले बताए । कुलतमा फसेका युवाका लागि यस्ता बार गन्तव्यस्थलका रुपमा विकसित हुँदै गइरहेका   छन् । नेपाल–भारतबीच रहेको खुला सीमाका कारण लागुऔषध सेवन गर्ने सो सुरक्षित स्थानका रुपमा रहेको अर्का युवकले बताएका छन् । स सम्बन्धमा भारत रक्सोलका एक प्रहरी अधिकृतले नाम नछाप्ने सर्तमा औषधि पसलले नै प्रेस्किृप्सनमा लेखेर दिने गरेकाले अाफूहरूले त्यस्ता युवालाई कारबाही गर्न नसकेको बताए । तर पर्साका प्रहरी उपरीक्षक राजबाबु श्रेष्ठले नेपाली प्रहरीले मात्र केही गर्न सक्दैनौँ त्यसका लागि भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने बताए । जिल्ला प्रहरी कार्यालय पर्साको एक तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि चालु वर्षको भदौसम्म १६२ जना लागुऔषध ओसारपसार तथा सेवन गर्नेलाई पक्राउ गरी कारबाही गरिएको छ । लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न नेपाल प्रहरी मात्र नभएर भारतीय प्रहरी पनि सक्रिय हुनुपर्ने वीरगन्जवासीको माग छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending