Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

यस्तो बन्यो धुर्मुस सुन्तलिको पहलमा गिरान्चौर बस्ती, श्रमदान सकेर फर्कियो नेपाली सेना

\"nepali-sena-house-making\"काठमाडौं, १३ असोज । धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ । नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर आज बिदा भएको हो । सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । \"basti-2\" नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो । पूर्वनिर्धारीत योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिए । ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेका हुन् । \"nepali-sena-bidai\" नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ । भूकम्प पिडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खुशि व्यक्त गरेका छन् । \"nepali-sena-bidai-3\" “सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारीत समयमा नै पुरा भएको छ । अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ,” कट्टेलले भने । सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहायता गर्नु र नेपाली सेनाले हामीले गरेको डिजाइन अनुसारका घर बनाएर सहयोग गर्नु गौरवको कुरा रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन । \"nepali-sena-bidai-2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending