Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

यस्तो बन्यो धुर्मुस सुन्तलिको पहलमा गिरान्चौर बस्ती, श्रमदान सकेर फर्कियो नेपाली सेना

\"nepali-sena-house-making\"काठमाडौं, १३ असोज । धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्तीमा श्रमदान गर्न आएको नेपाली सेनाको टोली बिदा भएको छ । नेपाली सेनाको टोलीले ५५ दिन बस्ती निर्माणमा श्रमदान गरेर आज बिदा भएको हो । सेनाको टोलीले श्रमदानका स्वरुप ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेको छ । \"basti-2\" नेपाली सेनाले श्रमदानका लागि २६ बाहिनी अड्डा अन्र्तगतको गोरखबहादुर गण चौतारा, विष्णुदल गण धुलीखेल, विरदल गण भक्तपुर र सत्रुभञ्जन गुल्म मेलम्चीका जवान खटाएको थियो । पूर्वनिर्धारीत योजना अनुरुप समयमा नै आफ्नो काम सम्पन्न गरेर गिरान्चौरबाट बिदा भएको उपसेनानी अजयकुमार लिंगथेपले जानकारी दिए । ५५ दिनमा नेपाली सेनाका ५० जवान दैनिक रुपमा खटेर ६ वटा घर र एउटा सामुदायिक भवन निर्माण गरेका हुन् । \"nepali-sena-bidai\" नेपाली सेनाले बस्ती निर्माणमा गरेको श्रम सहयोगप्रति फाउण्डेशनले आभार व्यक्त गरेको छ । भूकम्प पिडितहरु छाप्रोमा बस्दै गर्दा एकिकृत बस्ती बनाउने हाम्रो आँटलाई पुरा गर्न नेपाली सेनाले खेलेको भूमिकाप्रति फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले खुशि व्यक्त गरेका छन् । \"nepali-sena-bidai-3\" “सेनाको टोलीले ६ वटा घर र सामुदायिक भवन निर्माण गरिदिने वचन दिएको थियो, त्यो निर्धारीत समयमा नै पुरा भएको छ । अन्य बाँकी घर निर्माण पनि अन्तिम चरण पुगिसकेको छ,” कट्टेलले भने । सैनिक श्रीमति संघले १४ लाख रुपैँया आर्थिक सहायता गर्नु र नेपाली सेनाले हामीले गरेको डिजाइन अनुसारका घर बनाएर सहयोग गर्नु गौरवको कुरा रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताइन । \"nepali-sena-bidai-2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending