Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

हलियाको आशालाई निराशा हुन दिन्नँ – मन्त्री पाण्डे

\"bikram-pandey\"काठमाडौँ, १३ असोज । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले हलियाको आशालाई आफूले निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्त हलियाको वर्तमान अवस्था र सरकारको दायित्व विषय बिहीबार आयोजित अन्तक्र्रियामा उनले भने – “हलियाले उठाउँदै आएको विषय राष्ट्रको समस्या भएको हुँदा त्यसलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ । नेकपा ९एमाले० अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले हलियासम्बन्धी विषयलाई श्रमिकको समस्या भनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । एकले अर्कोलाई भत्काएर र भड्काएर समस्या निराकरण हुन नसक्ने बताउँदै उनले भने – “यो समस्या अवधि तोकेर सम्बोधन गर्न आवश्यक छ ।” नेकपा ९माओवादी केन्द्र०का सांसद कर्णबहादुर विकले हलियाको सङ्ख्या बढाउने र घटाउने कार्यले वास्तविक हलिया मारमा पर्न सक्ने पक्षलाई हेक्का राखेर काम गर्न सचेत गराए । नेपाली काँग्रेसका सांसद नरबहादुर चन्दले हलियासम्बन्धी समस्यालाई सदाका लागि अन्त्य गर्न सबै राजनीतिक दलले सामूहिक प्रतिबद्धता जनाएर काम गर्न आवश्यक भएको बताए । सो अवसरमा हलिया मुक्ति आन्दोलनमा योगदान पुर्याएका कोपिला नेपाली, रमेश कोली, ईश्वर सुनारलगायतले सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा हलियासम्बन्धी समस्या रहँदै आएको जानकारी दिए । हलियामध्ये ९८ प्रतिशत दलित समुदाय नै रहेको बताउँदै उहाँहरुले बाँझो जमिन जोतेर बसोबास गरेको तथा लिएको ऋण तिर्न नसकेर पुस्तौँपुस्तादेखि हलिया बन्नु परेको घटना सुनाएका थिए । सरकारले २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरे पनि उनीहरु अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनमा रहेका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले १९ हजार ५९ मुक्त हलिया परिवारको लगत प्रमाणीकरण गरी परिचयपत्र वितरणको कार्य गर्दै आएको छ । सरकारले आठ हजार ८८८ जनालाई दुईवर्षभित्र दुई चरणमा गरी पुनःस्थापन गर्ने कार्ययोजना अघि सारेको छ । हलिया मुक्त भएको पूर्ण कार्यान्वयनका लागि विद्यमान कानुनमा सुधार, जग्गासम्बन्धी आवश्यक व्यवस्था र क्षतिपूर्ति एवम् राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies