Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

हलियाको आशालाई निराशा हुन दिन्नँ – मन्त्री पाण्डे

\"bikram-pandey\"काठमाडौँ, १३ असोज । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले हलियाको आशालाई आफूले निराशामा परिणत हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्त हलियाको वर्तमान अवस्था र सरकारको दायित्व विषय बिहीबार आयोजित अन्तक्र्रियामा उनले भने – “हलियाले उठाउँदै आएको विषय राष्ट्रको समस्या भएको हुँदा त्यसलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको छ । नेकपा ९एमाले० अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले हलियासम्बन्धी विषयलाई श्रमिकको समस्या भनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । एकले अर्कोलाई भत्काएर र भड्काएर समस्या निराकरण हुन नसक्ने बताउँदै उनले भने – “यो समस्या अवधि तोकेर सम्बोधन गर्न आवश्यक छ ।” नेकपा ९माओवादी केन्द्र०का सांसद कर्णबहादुर विकले हलियाको सङ्ख्या बढाउने र घटाउने कार्यले वास्तविक हलिया मारमा पर्न सक्ने पक्षलाई हेक्का राखेर काम गर्न सचेत गराए । नेपाली काँग्रेसका सांसद नरबहादुर चन्दले हलियासम्बन्धी समस्यालाई सदाका लागि अन्त्य गर्न सबै राजनीतिक दलले सामूहिक प्रतिबद्धता जनाएर काम गर्न आवश्यक भएको बताए । सो अवसरमा हलिया मुक्ति आन्दोलनमा योगदान पुर्याएका कोपिला नेपाली, रमेश कोली, ईश्वर सुनारलगायतले सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा हलियासम्बन्धी समस्या रहँदै आएको जानकारी दिए । हलियामध्ये ९८ प्रतिशत दलित समुदाय नै रहेको बताउँदै उहाँहरुले बाँझो जमिन जोतेर बसोबास गरेको तथा लिएको ऋण तिर्न नसकेर पुस्तौँपुस्तादेखि हलिया बन्नु परेको घटना सुनाएका थिए । सरकारले २०६५ भदौ २० गते हलिया मुक्तिको घोषणा गरे पनि उनीहरु अझै पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गर्दै आन्दोलनमा रहेका छन् । भूमिसुधार तथा व्यवस्था मन्त्रालयले १९ हजार ५९ मुक्त हलिया परिवारको लगत प्रमाणीकरण गरी परिचयपत्र वितरणको कार्य गर्दै आएको छ । सरकारले आठ हजार ८८८ जनालाई दुईवर्षभित्र दुई चरणमा गरी पुनःस्थापन गर्ने कार्ययोजना अघि सारेको छ । हलिया मुक्त भएको पूर्ण कार्यान्वयनका लागि विद्यमान कानुनमा सुधार, जग्गासम्बन्धी आवश्यक व्यवस्था र क्षतिपूर्ति एवम् राहतको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending