Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

पाकिस्तानमा हुने सार्क शिखर सम्मेलन अन्योलमा, नेपालमा आतंकवादबारे छलफल

\"saarc\"काठमाडौं, १३ असोज । पाकिस्तानमा आगामी नोभेम्बरमा हुने १९ औं सार्क शिखर सम्मेलन हुने नहुने अन्यौलमा रहेकाबेला काठमाडौंमा सार्कको क्षेत्रीय सम्मेलन विहीबारदेखि शुरु हुँदैछ । पाकिस्तान र भारतको द्वन्द्वका कारण पाकिस्तानमा हुने तय भएको शिखर सम्मेलन अन्यौलमा परेको छ । पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै भारतले सार्क सम्मेलनमै भाग नलिने निर्णय गरेपछि दक्षिण एशियाली क्षेत्रीय संहयोग संगठन (सार्क)को भविष्य नै खतरामा रहेको छ । आर्थिक समृद्धि र आतंकवाद एकैसाथ अघि बढ्न नसक्ने भन्दै भारतले शिखर सम्मेलनमा भाग नलिने बताएपछि बंगलादेश, अफगानिस्तानले पनि भाग नलिने बताइसकेको छ । सार्क शिखर सम्मेलनको अन्यौलताकैबीच काठमाडौंमा भने बढ्दो आतंकवादबारे सार्क क्षेत्रीय सम्मेलनमा छलफल हुँदैछ । सार्कको प्रभावकारीताबारे छलफल गर्न काठमाडौंमा व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई दिने क्षेत्रीयस्तरको सम्मेलन आयोजना गरेको हो । सार्क मुलुकका विज्ञहरू सम्मिलित सम्मेलनमा अफगानिस्तान र माल्दिभ्सका प्रतिनिधि भने सहभागी छैनन् । विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को दुईदिने क्षेत्रीय सम्मेलनमा सङ्गठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलङ्का, भुटान, अफगानिस्तान, बङ्गलादेश र पाकिस्तानका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरुले भाग लिएका छन् । आतंकवाद, आन्तरिक अस्थिरता जस्ता समान समस्या र चुनौति रहेकाले समाधानका निम्ति सम्मेलनले उपयुक्त सुझाव दिने बताइएको छ । भारतको कश्मिरमा भएको हिंसालाई लिएर पाकिस्तान र भारतबीच द्वन्द्व चर्किएको छ । पाकिस्तानलाई एक्ल्याउने रणनीतिअनुसार भारतले सार्क सम्मेलन नै भाग नलिने निर्णय गर्दै कुटनीतिक चाल चालेको विज्ञहरु बताउँछन् । भारतले पाकिस्तानको सम्मेलन नै स्थगित गराउने रणनीति अपनाइरहँदा नेपालले भने निर्धारित समयमा सम्मेलन हुनुपर्ने बताएको छ । काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलनको आयोजना गरेको नेपालले १९ औं सम्मेलनको अध्यक्षता गर्नेछ । अध्यक्ष राष्ट्रको हैसियतमा भारतले नेपाललाई सम्मेलन भाग लिन नसक्ने जनाउँदै पत्र पठाएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै निर्धारित समयमा सम्मेलन गर्नुपर्नेमा जोड दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies