Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

पाकिस्तानमा हुने सार्क शिखर सम्मेलन अन्योलमा, नेपालमा आतंकवादबारे छलफल

\"saarc\"काठमाडौं, १३ असोज । पाकिस्तानमा आगामी नोभेम्बरमा हुने १९ औं सार्क शिखर सम्मेलन हुने नहुने अन्यौलमा रहेकाबेला काठमाडौंमा सार्कको क्षेत्रीय सम्मेलन विहीबारदेखि शुरु हुँदैछ । पाकिस्तान र भारतको द्वन्द्वका कारण पाकिस्तानमा हुने तय भएको शिखर सम्मेलन अन्यौलमा परेको छ । पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै भारतले सार्क सम्मेलनमै भाग नलिने निर्णय गरेपछि दक्षिण एशियाली क्षेत्रीय संहयोग संगठन (सार्क)को भविष्य नै खतरामा रहेको छ । आर्थिक समृद्धि र आतंकवाद एकैसाथ अघि बढ्न नसक्ने भन्दै भारतले शिखर सम्मेलनमा भाग नलिने बताएपछि बंगलादेश, अफगानिस्तानले पनि भाग नलिने बताइसकेको छ । सार्क शिखर सम्मेलनको अन्यौलताकैबीच काठमाडौंमा भने बढ्दो आतंकवादबारे सार्क क्षेत्रीय सम्मेलनमा छलफल हुँदैछ । सार्कको प्रभावकारीताबारे छलफल गर्न काठमाडौंमा व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई दिने क्षेत्रीयस्तरको सम्मेलन आयोजना गरेको हो । सार्क मुलुकका विज्ञहरू सम्मिलित सम्मेलनमा अफगानिस्तान र माल्दिभ्सका प्रतिनिधि भने सहभागी छैनन् । विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को दुईदिने क्षेत्रीय सम्मेलनमा सङ्गठनका सदस्य देशहरु नेपालसहित भारत, श्रीलङ्का, भुटान, अफगानिस्तान, बङ्गलादेश र पाकिस्तानका विधायक, कूटनीतिज्ञ एवम् राजनीतिज्ञहरुले भाग लिएका छन् । आतंकवाद, आन्तरिक अस्थिरता जस्ता समान समस्या र चुनौति रहेकाले समाधानका निम्ति सम्मेलनले उपयुक्त सुझाव दिने बताइएको छ । भारतको कश्मिरमा भएको हिंसालाई लिएर पाकिस्तान र भारतबीच द्वन्द्व चर्किएको छ । पाकिस्तानलाई एक्ल्याउने रणनीतिअनुसार भारतले सार्क सम्मेलन नै भाग नलिने निर्णय गर्दै कुटनीतिक चाल चालेको विज्ञहरु बताउँछन् । भारतले पाकिस्तानको सम्मेलन नै स्थगित गराउने रणनीति अपनाइरहँदा नेपालले भने निर्धारित समयमा सम्मेलन हुनुपर्ने बताएको छ । काठमाडौंमा १८ औं सार्क शिखर सम्मेलनको आयोजना गरेको नेपालले १९ औं सम्मेलनको अध्यक्षता गर्नेछ । अध्यक्ष राष्ट्रको हैसियतमा भारतले नेपाललाई सम्मेलन भाग लिन नसक्ने जनाउँदै पत्र पठाएपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै निर्धारित समयमा सम्मेलन गर्नुपर्नेमा जोड दिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending