Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मुक्त हलिया भन्छन् , जिन्दगी चलाउन निकै मुस्किल

\"mukta-haliya\"जाजरकोट, १३ असोज । जाजरकोट दसेरा गाविस–७ का धनवीर शाहीको घरमा २० वर्ष हलिया बसेका धने चदाराको गुनासो छ, “सरकारले मुक्त ग¥यो तर हामी वितरा प¥यौँ” । उनले भने, “न खेत छ न बारी छ न कुनै व्यवसाय छ अब कसरी घरपरिवारको गुजाराको जोहो गर्नु ?” उनले दुखेसो पोख्दै भने । “मुक्तिको घोषणा हुँदा के के हुन्छ भने तर अहिले हामी बिचल्लीमा प¥यौँ”, उनले भने । त्यस्तै, ५० वर्षसम्म पृथीबहादुर रोकायको घरमा हलिया बसेका पैंक–६ का वीरभद्रे कामीलाइ ८ वर्षअघि देशबाट हलिया मुक्तिको घोषणा हुँदा धेरै कुराको आशा लागेको थियो । पुस्ताौँदेखि साहु या जमिनदारको घरमा हलिया बनेर बस्दै आएका वीरभद्रे अहिले भने निराश छन् । हलियाबाट मुक्ति पाएपछि छोराछोरी र घरपरिवारलाई पाल्नका लागि केही इलम या रोजीरोटीको बाटो नभएपछि उनी समस्यामा परेका हुन । ‘क’ वर्गको हलियामा परेका उनलाई सरकारले जग्गा र घरको व्यवस्था गरिदिएको छ तर उनको दैनिकी गुजाराका लागि कुनै व्यवसाय नभएपछि उनको परिवार समस्यामा परेको हो । आफू हलियाबाट मुक्त भएपनि सरकारले खासै सहयोग नगरेको र सन्तानको जीवन निर्वाहमा समस्या परिरहेको उनले बताए । “पहिले हलो जोतेर बरु टन्न खान पाइएको थियो तर अहिले भने समस्या परेको छ”, उनले भने । वीरभद्रे र धने जस्तै सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि घर निर्माणमा तीन लाख, जग्गा खरिदमा दुई लाख र घर मर्मतमा डेढ लाख रुपैयाँ दिने गरेको छ । उनीहरुको अवस्थाका आधारमा ‘क’ देखि ‘घ’ वर्गसम्म श्रेणी विभाजन गरेर उनीहरुको पुनःस्थापनाको व्यवस्था मिलाएको छ । जिल्लाका मुक्त हलियामध्ये ‘क’ वर्गमा परेका ५५ मध्ये ३९ परिवारलाई जग्गा खरिदका लागि रकम प्रदान गरिएको र १६ जनालाई जग्गा खरिदका लागि रकम दिन बाँकी रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख जनकबहादुर हमालले बताए । एनले जग्गा भएका तर घर नभएका ‘ग’ वर्गका आठमध्ये तीन परिवारलाई घर निर्माणका लागि अनुदान दिएको बताए । त्यस्तै, घर र जग्गा दुवै भएका ‘ख’ र ‘घ’ वर्गका एक सय दुई परिवारमध्ये ७० परिवारलाई घर मर्मतका लागि अनुदान रकम प्रदान गरिएको छ । जाजरकोटमा तीन सय ६२ हलिया परिवारमध्ये एक सय ६५ परिवारको प्रमाणीकरण भएको छ भने अन्य परिवारको प्रमाणीकरण हुन बाँकी रहेको मालपोत अधिकृत हमालले बताए । प्रमाणीकरण भएकामध्ये अझै ५३ परिवारले कुनै किसिमको अनुदान रकम नपाएको उनले जानकारी दिए । पुस्तौँपुस्तादेखि परम्पराका आधारमा बन्धनकारी श्रमका रुपमा रहेको हलिया प्रथालाई २०६५ साल भदौ २१ गते सरकारले अन्त्य भएको घोषणा गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending