Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मुक्त हलिया भन्छन् , जिन्दगी चलाउन निकै मुस्किल

\"mukta-haliya\"जाजरकोट, १३ असोज । जाजरकोट दसेरा गाविस–७ का धनवीर शाहीको घरमा २० वर्ष हलिया बसेका धने चदाराको गुनासो छ, “सरकारले मुक्त ग¥यो तर हामी वितरा प¥यौँ” । उनले भने, “न खेत छ न बारी छ न कुनै व्यवसाय छ अब कसरी घरपरिवारको गुजाराको जोहो गर्नु ?” उनले दुखेसो पोख्दै भने । “मुक्तिको घोषणा हुँदा के के हुन्छ भने तर अहिले हामी बिचल्लीमा प¥यौँ”, उनले भने । त्यस्तै, ५० वर्षसम्म पृथीबहादुर रोकायको घरमा हलिया बसेका पैंक–६ का वीरभद्रे कामीलाइ ८ वर्षअघि देशबाट हलिया मुक्तिको घोषणा हुँदा धेरै कुराको आशा लागेको थियो । पुस्ताौँदेखि साहु या जमिनदारको घरमा हलिया बनेर बस्दै आएका वीरभद्रे अहिले भने निराश छन् । हलियाबाट मुक्ति पाएपछि छोराछोरी र घरपरिवारलाई पाल्नका लागि केही इलम या रोजीरोटीको बाटो नभएपछि उनी समस्यामा परेका हुन । ‘क’ वर्गको हलियामा परेका उनलाई सरकारले जग्गा र घरको व्यवस्था गरिदिएको छ तर उनको दैनिकी गुजाराका लागि कुनै व्यवसाय नभएपछि उनको परिवार समस्यामा परेको हो । आफू हलियाबाट मुक्त भएपनि सरकारले खासै सहयोग नगरेको र सन्तानको जीवन निर्वाहमा समस्या परिरहेको उनले बताए । “पहिले हलो जोतेर बरु टन्न खान पाइएको थियो तर अहिले भने समस्या परेको छ”, उनले भने । वीरभद्रे र धने जस्तै सरकारले मुक्त हलियाको पुनःस्थापनाका लागि घर निर्माणमा तीन लाख, जग्गा खरिदमा दुई लाख र घर मर्मतमा डेढ लाख रुपैयाँ दिने गरेको छ । उनीहरुको अवस्थाका आधारमा ‘क’ देखि ‘घ’ वर्गसम्म श्रेणी विभाजन गरेर उनीहरुको पुनःस्थापनाको व्यवस्था मिलाएको छ । जिल्लाका मुक्त हलियामध्ये ‘क’ वर्गमा परेका ५५ मध्ये ३९ परिवारलाई जग्गा खरिदका लागि रकम प्रदान गरिएको र १६ जनालाई जग्गा खरिदका लागि रकम दिन बाँकी रहेको जिल्ला मालपोत कार्यालयका प्रमुख जनकबहादुर हमालले बताए । एनले जग्गा भएका तर घर नभएका ‘ग’ वर्गका आठमध्ये तीन परिवारलाई घर निर्माणका लागि अनुदान दिएको बताए । त्यस्तै, घर र जग्गा दुवै भएका ‘ख’ र ‘घ’ वर्गका एक सय दुई परिवारमध्ये ७० परिवारलाई घर मर्मतका लागि अनुदान रकम प्रदान गरिएको छ । जाजरकोटमा तीन सय ६२ हलिया परिवारमध्ये एक सय ६५ परिवारको प्रमाणीकरण भएको छ भने अन्य परिवारको प्रमाणीकरण हुन बाँकी रहेको मालपोत अधिकृत हमालले बताए । प्रमाणीकरण भएकामध्ये अझै ५३ परिवारले कुनै किसिमको अनुदान रकम नपाएको उनले जानकारी दिए । पुस्तौँपुस्तादेखि परम्पराका आधारमा बन्धनकारी श्रमका रुपमा रहेको हलिया प्रथालाई २०६५ साल भदौ २१ गते सरकारले अन्त्य भएको घोषणा गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending