Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मोदीलाई प्रचण्डको झड्का : सार्क सम्मेलन तोकिएकै समयमा हुनुपर्ने

\"prachanda_modi\"काठमाडौं, १३ असोज । पाकिस्तानमा तय भएको ११ औं सार्क शखिर सम्मेलनमा भारतले सुरक्षाको कारण देखाउँदै आफु संलग्न हुन नसक्ने भन्दै पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा रहेको बेला नेपालले भने तोकिएकै समयमा सार्क सम्मेलन हुनपर्ने सार्वजनिक अडान राखेको छ । भारतले सार्क सहभागी नहुने भने लगत्तै बंगालादेश, अफगानिस्तान र भुटानले समेत भारतीय नीतिलाई साथ दिएपछि अध्यक्षता गरिरहेको नेपालको समेत साथ खोजेको थियो । तर नेपालले पाकिस्तानलाई एक्ल्याउने भारतीय मोदी नीतिको साथ नरहेको सार्वजनिक अडान राख्दै तोकिएकै समयमा सार्क सम्मलेन हुनुपर्ने र सुरक्षाका लागी आयोजक राष्ट्र पाकिस्तानले विश्वासको वातावरण बनाउनुपर्ने बताएको छ । बुधबार नेपालको परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, –‘‘सार्क अध्यक्ष देश हुनाका नाताले सार्कका सबै देशलाई नेपाल सरकार सार्कको वडापत्रको मर्मअनुसार सार्क शिखर सम्मेलन गर्नका लागि सबै सदस्य देशले आफ्नो सहभागिता सुनिश्चित गर्दै त्यसका लागि सुहाउँदो वातावरण बनाउन आग्रह गर्छ ।’ नेपालको यस्तो प्रतिकृयापछि भारतीय भनाई सार्वजनिक नभएपनि यसले भारतलाई दबाव सिर्जना गरेको छ । भारतले भने सार्कको सिमा क्षेत्रमा आंतककारी हमला बढेको कारण देखाउँदै सम्मेलनमा भाग लिन नसक्ने बताएको थियो । \"saarc_nepal_statement\"प्रधानमन्त्री पूष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको २५ बुँदे संयुक्त बिज्ञप्तीको ११ नं. बुँदामा उल्लेखित विदेश नीतिलाई हेर्ने आँखा भारतीय हुने भन्दै प्रचण्डको आलोचना भईरहेको सन्दर्भमा सार्कका बारेमा भारतीय धारणा विपरित आफ्नो धारणा सार्वजनिक गरेर नेपालको विदेश नीति भारतीय आँखाबाट नहेरिने संकेत गरेको छ । नेपालको यो कदमले प्रधानमन्त्री प्रचण्डप्रति आलोचना गरेर राजनीति गरिरहेको समेत मुखमा बुझो लगाईदिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending