Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सांसदहरुको तलब भत्तामा वृद्धि, कति पाउँदैछन् सांसदहरुले मासिक तलव भत्ता?

\"parliament1\"काठमाडाैं, १२ असाेज । सांसदहरुले पाउँदै अएको तलव भत्ता बापतको रकम बढाउने तयारी गरिएको छ । सांसदहरुको मासिक तलब भत्ता बापतको रकम बढाएर ७८ हजार रुपैँया पुर्याउने प्रस्तावमा अर्थमन्त्रालयले स्विकृति दिएको छ । २०५२ सालमा कायम रहेका भत्ता रकम अपुग भएको भन्दै सांसदहरूले आवाज उठाएपछि भत्ता रकम बढाउन लागिएको हो। भत्ता बढाउन कानुन मन्त्रालयले गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सांसदहरू भत्ता बढाउनेसम्बन्धि विधेयक अघि बढेको हो । सांसदको भत्ता बढाउनेबारे सिफारिस गर्न प्रमुख सचेतक सम्मिलित समिति गठन भएको थियो । समितिका संयोजक एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट चिनकाजी श्रेष्ठ, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपा नेपालका दिलनाथ गिरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी, संघीय समाजवादी फोरमका शिवजी यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङ रहेका छन् । समितिले केपी ओली नेतृत्वको सरकारका कानुन न्याय तथा संसदिय मामिला मन्त्री अग्नि खरेललाई आफ्नो प्रतिवेदन समेत बुझाएको थियो। समितिले सांसदहरूका लागि घर भाडाबापत २५ हजार रुपैयाँ, पत्रपत्रिकाको लागि ३ हजार रुपैयाँ, बैठक चलेको दिनको भत्ता पाँच सय रुपैयाँ, बैठक चलेको दिनको ट्याक्सी भाडा बापत एक हजार रुपैयाँ प्रस्ताव गरेको थियो। केपी ओली नेतृत्वको सरकार बिघटन भएपछि यो प्रक्रिया रोकिएको थियो। नयाँ सरकार बनेपछि कानुन मन्त्रालयले यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थ मन्त्रालयले संशोधनसहित सांसदको भत्ता रकम स्वीकृत गरेको स्रोतले जनाएको छ । अर्थ मन्त्रालयले स्वीकृत गरेको सांसदहरूको भत्ता रकम घरभाडाका लागि १८ हजार, पत्रपत्रिकाको लागि ३ हजार रुपैयाँ पानी,बत्तीका लागि २ हजार रुपैयाँ, ट्याक्सी भाडाका लागि १ हजार रुपैयाँ(बैठक बसेको दिनको मात्र),बैठक भत्ता ५ सय रुपैयाँ (बैठक बसेको दिनको मात्र) रहेको छ । अहिले सम्म सांसदहरूले कोठाभाडाको लागि मासिक ६ हजार ५ सय रुपैयाँ सुविधा लिँदै आएका थिए । सांसदहरूले पत्रपत्रिकाको लागि मासिक ५ सय रुपैयाँ, पानी, बत्तीको लागि मासिक १२ सय रुपैयाँ, बैठक बसेको दिनको भत्ता दुई सय रुपैयाँ, ट्याक्सी भाडा १ सय ५० रुपैयाँ बुझ्ने बुझ्ने गर्दथे। यस बर्षसम्म सांसदहरुके मासिक ५५ हजार रुपैयाँ रहेको थियो । नयाँ भत्ता रकम कायम गर्ने कानुन बनेपछि सांसदहरूले मासिक रुमपा ७८ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै बैठक बसेको दिनमा ट्यक्सी भाडा १ हजार र बैठक भत्ता ५ सय रुपैयाँ पाउनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending