Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

ग्यास सिलिन्डरको उपयोगमा सचेतता अपनाउन आग्रह

\"_dsc2033\"भक्तपुर, १२ असोज । ग्याँसको प्रयोग र सम्भाबित हुन सक्ने दुर्घटनाका बिषयमा राष्ट्रिय उपभोक्ता मञ्चले एल पी ग्याँसको उपयोग सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । रफत सञ्चार क्लवमा बुधबार आयोजित सचेतना कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्याँस सिलिन्डरको उपयोगमा सचेतता अपनाउन नसके त्यसले मानवीय क्षती निम्त्याउन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । उनले प्रयोग गरिरहेको सिलिन्डरको अवस्थाका बारे जानकारी लिएर ग्याँस सिलिन्डर भान्सामा भित्रयाउने र कुनै त्यस्तो क्रुटी भेटिए त्यसको तत्काल परिवर्तन गर्नु पर्ने बताए । ग्याँस सिलिन्डर निर्माणमा देखिएका त्रुटिहरुलाई सच्चाईनु पर्ने बेला मौकामा ग्याँस सिलिन्डरको परिक्षण गर्नु पर्ने तर्फ उद्यागीहरुले ध्यान नदिँदा समेत भैपरि दुर्घटना निम्तने गरेको उनको भनाई छ । उपभोक्तामा देखिएको चेतनाको अभावका साथै उद्योगीहरुले समेत लापरवाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण भैपरि दुर्घटना हुने गरेको उनले बताए । कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेतले कच्चा ग्याँस सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारहरुलाई क्षतीपूर्ती दिने भन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताए । उनले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाहरुले नियमन गर्न नसक्दा ग्याँस सिलिन्डरमा त्रुटी देखिएको बताए । उपभोक्ता मञ्चले जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई ब्यापक उठान गर्दे चेतना अभिबृद्धि गर्न सके दुर्घटना न्यूनिकरण गर्न सहज पुग्ने उनले बताए । जनजीवीकामा जोखिम देखिने सवालमा कसैले गलत राजनीतिक संरक्षण दिनु नहुनेमा उनले जोड दिए । कार्यक्रममा बिभिन्न महिला उपभोक्ता समितिका पदाधिकारीहरुले उपभोक्ताको हक अधिकार तर्फ सरकार र सरोकारवाला निकायको ध्यान जान नसक्दा दुर्घटना निम्तनुका साथै उपभोक्ता अधिकारको संरक्षण हुन नसकेको बताएका थिए । वत्ताहरुले सरकारको नियमनमा कमजोरी भएकै कारण उपभोक्ता ठगिन बाध्य भएकै कारण कालो बजारी मौलाउनका साथै सिलिन्डरमा देखिएको कमजोरीको कारण अनाहकमा गृहिणीहरुले ज्यान गुमाउनु परेको गुनासो पोखेका थिए । कार्यक्रममा एलपी ग्याँस सिलिन्डर पड्कदाँ ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाई सविन महतले एलपी ग्याँस सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाईले ज्यान गुमाउनु परेको र सिकिस्त घाईते भएकी भाउजुको उपचार खर्च समेत उपलब्ध नगराएको जानकारी दिर्दै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेको तर्फ उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending