Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

ग्यास सिलिन्डरको उपयोगमा सचेतता अपनाउन आग्रह

\"_dsc2033\"भक्तपुर, १२ असोज । ग्याँसको प्रयोग र सम्भाबित हुन सक्ने दुर्घटनाका बिषयमा राष्ट्रिय उपभोक्ता मञ्चले एल पी ग्याँसको उपयोग सम्बन्धि सचेतना कार्यक्रम गरेको छ । रफत सञ्चार क्लवमा बुधबार आयोजित सचेतना कार्यक्रममा बोल्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्याँस सिलिन्डरको उपयोगमा सचेतता अपनाउन नसके त्यसले मानवीय क्षती निम्त्याउन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । उनले प्रयोग गरिरहेको सिलिन्डरको अवस्थाका बारे जानकारी लिएर ग्याँस सिलिन्डर भान्सामा भित्रयाउने र कुनै त्यस्तो क्रुटी भेटिए त्यसको तत्काल परिवर्तन गर्नु पर्ने बताए । ग्याँस सिलिन्डर निर्माणमा देखिएका त्रुटिहरुलाई सच्चाईनु पर्ने बेला मौकामा ग्याँस सिलिन्डरको परिक्षण गर्नु पर्ने तर्फ उद्यागीहरुले ध्यान नदिँदा समेत भैपरि दुर्घटना निम्तने गरेको उनको भनाई छ । उपभोक्तामा देखिएको चेतनाको अभावका साथै उद्योगीहरुले समेत लापरवाही र नियमनकारी निकायको तदारुकताको अभावकै कारण भैपरि दुर्घटना हुने गरेको उनले बताए । कार्यक्रममा पूर्व उद्योग मन्त्री महेश बस्नेतले कच्चा ग्याँस सिलिन्डरको कारण दुर्घटना भई ज्यान गुमाएका परिवारहरुलाई क्षतीपूर्ती दिने भन्दा पनि उल्टो शक्तिको आडमा त्रास थपिदिएको घटना भक्तपुरमै घटेको बताए । उनले उद्योगीको गल्तीका कारण आमगृहिणीले ज्यान गुमाउनु परेको र सरोकारवालाहरुले नियमन गर्न नसक्दा ग्याँस सिलिन्डरमा त्रुटी देखिएको बताए । उपभोक्ता मञ्चले जनजीवनमा प्रत्यक्ष सरोकार राख्ने बिषयहरुलाई ब्यापक उठान गर्दे चेतना अभिबृद्धि गर्न सके दुर्घटना न्यूनिकरण गर्न सहज पुग्ने उनले बताए । जनजीवीकामा जोखिम देखिने सवालमा कसैले गलत राजनीतिक संरक्षण दिनु नहुनेमा उनले जोड दिए । कार्यक्रममा बिभिन्न महिला उपभोक्ता समितिका पदाधिकारीहरुले उपभोक्ताको हक अधिकार तर्फ सरकार र सरोकारवाला निकायको ध्यान जान नसक्दा दुर्घटना निम्तनुका साथै उपभोक्ता अधिकारको संरक्षण हुन नसकेको बताएका थिए । वत्ताहरुले सरकारको नियमनमा कमजोरी भएकै कारण उपभोक्ता ठगिन बाध्य भएकै कारण कालो बजारी मौलाउनका साथै सिलिन्डरमा देखिएको कमजोरीको कारण अनाहकमा गृहिणीहरुले ज्यान गुमाउनु परेको गुनासो पोखेका थिए । कार्यक्रममा एलपी ग्याँस सिलिन्डर पड्कदाँ ज्यान गुमाएका भक्तपुर पलाँसेका मृतकका भाई सविन महतले एलपी ग्याँस सिलिन्डरको त्रुटिकै कारण आफ्नो दाईले ज्यान गुमाउनु परेको र सिकिस्त घाईते भएकी भाउजुको उपचार खर्च समेत उपलब्ध नगराएको जानकारी दिर्दै न्याय माग्ने ठाउँमा समेत न्याय पाउन नसकेको तर्फ उपभोक्ता मञ्चलाई पहल गरिदिन आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending