Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

माधव घिमिरेको दुर्घटना शंकास्पद बन्दै, घिमिरेको मोबाइलबाट एसपीलाई फोन आयो

\"madhab-750\" काठमाडौं, १० असोज । पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरेको त्रिशुलीमा भएको दुर्घटना शंकास्पद बन्दै गएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारबीचमा आइतबार साँझ सडकबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका तीन जनाको शव भेटिए पनि पूर्वमन्त्री घिमिरेसहित उनका दुई भाइ बेपत्ता छन् । दुर्घटनापछि खोजी कार्य जारी राखिए पनि तीन जनालाई अझै भेटिएको छैन । तर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको मोबाइलबाट चितवनका एसपी बसन्त कुवँरको मोबाइलमा सोमवार विहान ९ बजेर २२ मिनेट जाँदा फोन आएको कुँवर बताएका छन् । झण्डै दश सेकेण्डमात्रै घण्टी बजेर काटिएकाले फोन उठाउन नपाएको कुवँरले बताएका छन् । एसपीकै मोबाइलमा फोन आएपछि खोजी गर्दा घिमिरेको मोबाइल र झोलसमेत भेटिएको चितवन प्रहरीले जनाएको छ । भुँइमा च्यापिएको अवस्थामा भेटिएको मोबाइलबाट फोन आउने र फोन गर्दा घरी लाग्ने घरी नलाग्ने हुँदा घटना शंकास्पद देखिएको छ । कुवँरले आफ्नो मोबाइलमा घिमिरेको मोबाइलबाट फोन आएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदविक्रम सिंहलाईसमेत सुनाएका थिए । एसपी कुँवरको नेतृत्वमा खोजीमा गएको टोलीले नै त्रिशुली नदी किनारमा घिमिरेको मोबाइल फेला पारेको छ । घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, भाञ्जा नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव आइतबार साँझ नै फेला परेको थियाये । जीपका चालक प्रहरीका हवल्दार विष्णु राईलाई भने जिवितै उद्दार गरिएको छ । घाइते राइको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घिमिरे परिवार मुक्तिनाथमा बाबुको सोह्र श्राद्ध गरी आइतबार काठमाडौं फर्किँदै गर्दा जीप दुर्घटना भएको थियो । दुर्घटनाका एक मात्र साक्षी चालक राईका अनुसार जीप दुर्घटना हुँदा घिमिरे आफैले गाडी चलाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending