Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

माधव घिमिरेको दुर्घटना शंकास्पद बन्दै, घिमिरेको मोबाइलबाट एसपीलाई फोन आयो

\"madhab-750\" काठमाडौं, १० असोज । पूर्व गृहमन्त्री तथा मुख्य सचिव माधव घिमिरेको त्रिशुलीमा भएको दुर्घटना शंकास्पद बन्दै गएको छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारबीचमा आइतबार साँझ सडकबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका तीन जनाको शव भेटिए पनि पूर्वमन्त्री घिमिरेसहित उनका दुई भाइ बेपत्ता छन् । दुर्घटनापछि खोजी कार्य जारी राखिए पनि तीन जनालाई अझै भेटिएको छैन । तर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको मोबाइलबाट चितवनका एसपी बसन्त कुवँरको मोबाइलमा सोमवार विहान ९ बजेर २२ मिनेट जाँदा फोन आएको कुँवर बताएका छन् । झण्डै दश सेकेण्डमात्रै घण्टी बजेर काटिएकाले फोन उठाउन नपाएको कुवँरले बताएका छन् । एसपीकै मोबाइलमा फोन आएपछि खोजी गर्दा घिमिरेको मोबाइल र झोलसमेत भेटिएको चितवन प्रहरीले जनाएको छ । भुँइमा च्यापिएको अवस्थामा भेटिएको मोबाइलबाट फोन आउने र फोन गर्दा घरी लाग्ने घरी नलाग्ने हुँदा घटना शंकास्पद देखिएको छ । कुवँरले आफ्नो मोबाइलमा घिमिरेको मोबाइलबाट फोन आएको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदविक्रम सिंहलाईसमेत सुनाएका थिए । एसपी कुँवरको नेतृत्वमा खोजीमा गएको टोलीले नै त्रिशुली नदी किनारमा घिमिरेको मोबाइल फेला पारेको छ । घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, भाञ्जा नारायणप्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको शव आइतबार साँझ नै फेला परेको थियाये । जीपका चालक प्रहरीका हवल्दार विष्णु राईलाई भने जिवितै उद्दार गरिएको छ । घाइते राइको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घिमिरे परिवार मुक्तिनाथमा बाबुको सोह्र श्राद्ध गरी आइतबार काठमाडौं फर्किँदै गर्दा जीप दुर्घटना भएको थियो । दुर्घटनाका एक मात्र साक्षी चालक राईका अनुसार जीप दुर्घटना हुँदा घिमिरे आफैले गाडी चलाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending