Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त

\"kamini-rajbhanddari\"काठमाडौं, ९ असोज । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारी नियुक्त भएकी छन् । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७३ असोज ६ गतेको निर्णयले उनलाई तीन वर्षका लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । उनी यस अघि नेपाल टेलिकममा प्रमुख प्राविधिक अधकृत (CTO) पदमा कार्यरत थिइन र नेपाल टेलिकममा बरिष्ठतम नायव प्रबन्ध निर्देशक मध्ये थिइन । नेपाल टेलिकमको इतिहासमा नै उनस् पहिलो महिला प्रबन्ध निर्देशक हुन । आज आइतबार उनले कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रबन्ध निर्देशकको पदभार ग्रहण गरेकी हुन । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्धक निर्देशक राजभण्डारीले विविध प्रविधिका दूरसञ्चार सेवा विस्तार गर्ने,प्रभावकारी ग्राहक सेवा उपलब्ध गराउने, डाटा सेवामा विशेष ध्यान केन्द्रीत गर्ने, योजना आयोजनाहरु यथासमयमा सम्पन्न गर्ने तथा मर्मत सम्भारको कार्य स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिन । उनले आउने दिनहरुमा परिवर्तित संगठनात्मक संरचनालाई सबल बनाउँदै कम्पनीको विकासमा लाग्नुपर्ने, विकसित कार्य संस्कार, अझ राम्रो आपसी सम्बन्ध र समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताइन । पदबहाली कार्यक्रममा नेपाल टेलिकमका बरिष्ठतम नायव प्रबन्ध निर्देशक सूर्यक्त पोखरेल र मानव संसाधन व्यवस्थापन प्रमुख रविन्द्र झाले उनलाई स्वागद गर्दै नव नियुक्त प्रबन्ध निर्देशक राजभण्डारीको नेतृत्वमा कम्पनीलाई अघि बढाउन निरन्तर साथ सहयोग रहने बताए । सो अवसरमा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत, नायव प्रबन्ध निर्देशकहरु, निर्देशकहरु, प्रबन्धकहरु, अन्य बरिष्ठ अधिकृतहरु, कम्पनीमा आवद्ध कर्मचारी युनियनका पदाधिकारीहरुलगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति थियो । नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारीले भारतको चण्डिगढस्थित पञ्जाव इञ्जिनियरिङ कलेजबाट सन् १९८५ मा इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कम्युनिकेसन इञ्जिनियरिङमा स्नातक (B E) र थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सन् २००१ मा MBA (Management of Technology) गरेकी छन् । नवनियुक्त प्रबन्ध निर्देशक राजभण्डारी २०४२ असोज १ गते इञ्जिनियरको रुपमा तत्कालिन नेपाल दूरसञ्चार संस्थानमा प्रवेश गरेकी थिइन । कम्पनीका विभिन्न निर्देशनालय तथा विभागमा प्रमुख भई कार्य गरेकी राजभण्डारी ०६३ कात्तिक १९ मा प्रबन्धक पदमा बढुवा भएकि थिइनत्यसैगरी २०७१ असारमा उनी नायब प्रबन्ध निर्देशकको पदमा पदोन्नति भएकी थिइन । उनी २०७२ माघ २९ देखि प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन । उनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सञ्चालक समितिमा मिति २०७३ असार ३ गते देखि बरिष्ठ प्राविधिक विशेषज्ञका रुपमा सञ्चालक सदस्य थिइन । कम्पनीको सञ्चालक समितिमा उनी पहिलो महिला सञ्चालक सदस्य हुन । यस्तैगरी उनी मिति २०७१ फागुन देखि त्रिशुली थ्रि बि जलविद्युत्त आयोजनाको सञ्चालक सदस्य हुनुको साथै अपर तामाकोशी जलविद्युत्त आयोजनाको बैकल्पिक सञ्चालक सदस्य पनि हुन । उनीसँग फिक्स्ड नेटवर्क प्लानिङ र प्रोजेक्ट तथा जीएसएम प्लानिङ, प्रोजेक्ट र कोर अपरेसनसम्बन्धी कामको लामो अनुभव छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending