Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

संविधान सभा अपहरणमा पर्योःथापा

बाग्लुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभा अपहरणमा परेको बताएका छन् । राप्रपा नेपाल र राप्रपाले आज बागलुङमा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै थापाले संविधानसभालाई केहि दलले अपहरण गरेको बताएका हुन् । सार्वभौम संविधानसभामा वर्षमा दुई पटक हुने संसदको विधयक अधिवेसन हुने प्रचलन भएपनि यस पटक कांग्रेस एमालेको सरकारले विधयक अधिवेसन नगर्ने तयारी गरेका कारण संसद अपहरणमा परेको जिकिर थापा ले गरे । उनले संविधान र शान्तिका नाममा देशको ढुकुटीबाट १ सय ३० अर्व खर्च भई सक्दा पनि संविधान बन्न नसकेको उल्लेख गर्दै देशको ढुकुटीमा ब्रहमलुट गर्दा समेत कतै बाट विरोध नहुदाँ नेपालमा जनतानै नभएको आभाष भएको बताए । पार्टीगत स्वार्थभन्दा माथि उठेमात्र प्रजातन्त्र बलियो हुने विश्वास व्यक्त गरे । लोकतान्त्रीक चोकमा उभिएर सिन्डीकेट तन्त्रको कुरा गर्दा आत्मग्लानि भएको बताउदै थापाले कांग्रेस एमालेको सिन्डीकेडका कारण आफु संविधानसभाको चौथो ठुलो दलको प्रमुख नेता हुदाँ समेत संविधान कहिले बन्छ भन्ने नसक्ने अवस्थामा रहेको बताए । ‘राप्रपा नेपाल र राप्रपा विच पार्टी एकता अनिवार्य छ’ उनले भने ‘सैद्धान्तीक विषयमा विमति छ यो प्रष्ट कुरा हो तर देशलाई राष्ट्रबादी शक्तिको आवश्यकता दुई पार्टी एकताका लागि प्रर्याप्त छ ।’ थापाले दुई पार्टीको एकता पश्चात देशले नयाँ शक्ति पाउने विश्वास समेत व्यक्त गरे । उनले बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को उप निर्वाचनमा दुई पार्टीले संयुक्त उम्मेदवार उठाउने र १० वर्ष पछि दुई नेता एकै मञ्चमा हुने वतावरण सिर्जना भएको बताउदै पार्टी एकताको आधार समेत बनि सकेको बताए । कार्यक्रममा कमल थापाले भन्दा पछाडी सम्बोधन गरेका राप्रपाका अध्यक्ष पशुपति समशेर जबराले देशमा ठुला भन्ने दलका कारण असफलताको दिशा तर्फ गएको उल्लेख गर्दै देशको संकट मोचनका निमित्त दुई पार्टी विचको एकता अनिर्वाय रहेको बताए । उनले संविधान नआउनुमा अन्य राजनितिक शक्तिको तुलनामा आफ्नो हिस्सा कम भएको बताउदै देशमा शुसासनको जिम्मेवारी लिएकोे अख्तीयारले सुब्बा र खरिदारलाई कारबाहि गरि ठुला भ्रष्टचारीलाई उन्मुक्ति दिएको टिप्पणि गरे । कार्यक्रममा बोल्दै दुवै नेताले जनताको भावनालाई कदर नगर्ने ठुला दललाई सचेत बनाउन संयुक्त उम्मेदवार नविनचन्द्र सुर्वजालाई मतदान गर्न बागलुङ बासिलाई आग्रह गरेका थिए । कार्यक्रममा राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, राप्रपाका सह महामन्त्री हेमजंग गुरुङ, राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचन, राप्रपा नेपाल पोखरा अध्यक्ष जयलाल पुनले मन्तव्य व्यक्त गरेका थिए । स्वतन्त्र उम्मेदवार पन्तद्धारा एमाओवादी उम्मेदवारलाई सर्मथन बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को उप निर्वाचनका लागि उम्मेदवार दर्ता  गराएका सरस्वती पन्तले उम्मेदवारी फिर्ता लिएका छन् । पन्तले आज एक विज्ञप्ती प्रकाशित गर्दै एकिकृत नेकपा माओवादीका उम्मेदवार कृष्णबहादुर केसिलाई सर्मथन गर्दै उम्मेदवारी फिर्ता लिएको बताए । उप निर्वाचनका लागि स्वतन्त्र तर्फ उम्मेदवारी दिएका पन्तले एकिकृत नेकपा माओवादीका उम्मेदवार कृष्णबहादुर केसि र सोही पार्टीलाई सहयोग गर्ने गरि उम्मेदवारी फिता लिएको बताए । विज्ञप्ती मार्फत उम्मेदवारी फिर्ता लिएको भएपनि पन्तको नाम उम्मेदवारको नामावली रहने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशिले जानकारी दिए । उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएको र निर्वाचन चिन्ह पनि प्रदान गरि सकेकाले उनको नाम उम्मेदवारको सुचीबाट नहट्ने उहाँले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies