Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

परमाणविक क्षमतामा भारत र पाकिस्तान : काे कति शक्तिशाली ?

काठमाडौं, ९ असोज । भारत र पाकिस्तानबीचको द्वन्द्व कुनै कुनै समयमा निकै चर्को रुपमा देखिन्छ । दुई देशबीच मात्र नभइ दुई देशका नागरिकहरुकै सम्बन्ध राम्रो मानिँदैन । दुई देशबीचको सम्बन्धमा चिसोपना बढ्दै जाँदा पारमाणिक शक्तिमा पनि बलियो दाबेदाबर प्रस्तुत गर्दै टाढा टाढासम्म हान्न सक्ने क्षेप्यास्त्रहरु परीक्षण गरिँदै आएको छ । भारतभन्दा धेरै सानो मुलुक भएर पनि पारमाणविक क्षमताकै कारण पाकिस्तानमाथि भारतले आक्रमण गर्न सकिरहेको छैन । तर पछिल्लो समय भारतले पनि आफ्नो पारमाणविक क्षमता बढाउँदै लगेको छ । उसले दर्जन बढी क्षेप्यास्त्र परीक्षण गरेको छ । भारतको ब्रहमोस मिसाइलदेखि अग्नि पाँचौँ क्षेप्यास्त्रसम्म विकास गरेको छ । जसलाई भारतले आणविक क्षमताको ठूलो सम्पत्ति मान्दै आएको छ । शक्तिशाली भनिने भारतको ब्रहमोस मिसाइल भियतनामलाई समेत बेच्ने निर्णय गरेर भारतले आफूलाई शक्तिशाली दाबेदार गर्दै आएको छ । ब्रहमोस मिसाइल भारत तथा रुसको साथमा मिलेर विकसित गरिएको सबैभन्दा शक्तिशाली मिसाइलमध्येको एक हो । \"भारतकाे भारतकाे aGNI IV मिसाइल डेढ वर्षअघि भारतले अग्नि पाँचौँ क्षेप्यास्त्रको तेस्रो परीक्षण प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपण पारमाणविक क्षमतासहित चीनको भित्रीभागसम्मै प्रहार गर्न सकिने भारतको दाबी छ । यो रकेटको प्रहार क्षमता पाँच हजार किलोमिटरसम्म रहेको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अग्नीको सफल परीक्षण प्रक्षेपणले यस क्षेप्यास्त्रलाई भारतीय सेनाको एक मूल्यवान सम्पत्ति बनाएको भन्दै खुशी ब्यक्त गरेका थिए । भारतको प्रतिरक्षा अनुसन्धान तथा विकास सङ्गठनले विकास गरेको यो क्षेप्यास्त्र सन् २०१२ को अप्रिलमा पहिलोपटक परीक्षण गरिएको थियो । भारतले निर्देशित क्षेप्यास्त्र विकास परियोजना सन् १९८३ मा आरम्भ गरेपछि अनेकौँ रकेट विकास गरेको छ । भारत अहिले विश्वकै अधिक हतियार आयात गर्ने मुलुक भएको छ । उता, पाकिस्तान भने पारमाणिक क्षमतामा भारत भन्दा पनि आफूलाई निकै अब्बल ठान्दछ । पाकिस्तानले चाहेमा पाँच मिनेटमै नयाँ दिल्लीलाई सिध्याउन सक्ने चेतावनीसमेत नदिएको होइन । [caption id=\"attachment_94283\" align=\"alignleft\" width=\"650\"]\"पाकिस्तानकाे पाकिस्तानकाे शाहिन मिसाइल[/caption] सन् १९८४ मै पाकिस्तानले पाँच मिनेटमै नयाँ दिल्लीलाई सिध्याउन सक्ने क्षमता राखेको पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खान बताउँछन् । अन्तराष्ट्रिय सहायता रोकिने डरले गर्दा तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले त्यसको विरोध गरेका थिए । पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर काहुतादेखि नयाँ दिल्लीलाई निशाना बनाउने योजना पाकिस्तानले रोकेको थियो । जतिबेला सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए । राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा परमाणु प्रसारको खतरनाक सञ्जाल चलाएको भन्दै खानमाथि कारबाही गरिएको थियो । भारतको तुलनाका कम हतियार भएपनि तीन हतियारहरु निकै शक्तिशाली रहेको दाबी गरिएको छ । पाकिस्तानसँग शाहिन तेस्रो मिसाइल, बाबर मिसाइल, गजनबी मिसाइल, नस्र मिसाइल, जेएफ १७ थण्डर फाइटर, अल खालिद ट्याङ्क तथा पाकिस्तानी नौसेनासँग रहेको पनडुब्बी नै काफी रहेको बताइन्छ । शाहिन तेस्रो मिसाइल पाकिस्तानसँग रहेको घातक परमाणु हतियार हो, जसले भारतका शहरहरुलाई केहीबेरमै ध्वस्त बनाउने दाबी गरिन्छ । यस्तै, सात सय किलोमिटरसम्म मार हान्न सक्ने बाबर मिसाइल अर्को खतरनाक मिसाइल हो । यसले राडारलाई सजिलै छल्न सक्ने बताइन्छ । गजनबी मिसाइल भने जमिनदेखि जमीनमा मार हान्न सक्ने मिसाइल हो । जेएफ १७ थण्डर फाइटर पाकिस्तानको हवाइ सेनाको मेरुदण्ड मानिन्छ । पाकिस्तान र चीन मिलेर तयार पारिएको यो फाइटर विमानले विभिन्न स्थानमा बम खसाउन सक्छ । अल खालिद ट्याङ्क पनि पाकिस्तानको बलियो हतियार मानिन्छ । यो पनि चीन र पाकिस्तान मिलेर तयार पारिएको हो । यसमा १२५ एमएम बोरको ट्याङ्क गन हुने यसले फायर कन्ट्रोल गर्दै मिसाइलमा पनि घातक आक्रमण गर्न सक्ने बताइन्छ । (एजेन्सीको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending