Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

पाकिस्तानी पत्रिकाको सम्पादकीय– हामी भुटान र नेपालजस्तो होइन

\"india-vs-pakistan-2\" काठमाडौं, ९ असोज । भारत प्रशासित काश्मिरमा एक साताअघि भएको हमलापछि भारत–पाकिस्तानबीच भीषण वाकयुद्ध चलिरहेको छ । दुवै देशले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् । भारतले कास्मिर हमलालाई लिएर पाकिस्तान आतंकवादी मुलुक भन्ने सम्मको आरोप लगाएको छ भने पाकिस्तानले कास्मिरमा भारतले मानवअधिकार हनन् गर्ने काम गरेको दाबी गर्दै आएको छ । भारत–पाकिस्तान वाकयुद्ध अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभासम्म नै पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राष्ट्रसंघीय महासभामै भारतले गम्भीर मानवअधिकार उलंघन गरेको दाबी गरेका छन् । दुई देश शक्ति प्रदर्शनमा देखिएका छन् । पाकिस्तान र भारतबीच सम्बन्ध बिग्रिदै जाँदा दुवै देशका अखबारहरुले भितन्त निम्याउने गरी सम्पादकीयहरु समेत लेख्न थालेका छन् । भारत र पाकिस्तानका अखबारहरुले पत्रिकाको आवरण पृष्ठमै विशेष सम्पादकीय लेखि एकले अर्को देशमाथि धावा बोल्न थालेका छन् । यहि प्रशंगमा पाकिस्तानी अखबार ‘एक्सप्रेस’ले आफ्नो देश भारत र भुटानजस्तो निरिह नभएको संकेत गरेको छ । उसले आफ्नो सम्पादकीय लेखेको छ–‘हामी युद्ध चाहेका छैनौं तर हामी भुटान वा नेपाल पनि होइनौं । यो सन्देश पाकिस्तान सरकार तथा पाकिस्तानी जनताको तर्फबाट एउटै आवाजका रुपमा आउनु आवश्यक छ ।’ पाकिस्तानी मिडियाले भारत प्रशासित कश्मिरमा स्थिति विग्रदै गएपछि विश्वकै ध्यान हटाउनका लागि पाकिस्तानमाथि आरोप लगाएको दाबी गर्दै भारतलाई चेतावनी दिइरहेका छन् । गत अाइतबार कश्मिरमा भएकाे हमलामा १८ सैनिक मारिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending