Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सफल हुन सकेन वैद्य माओवादीको एक घण्टे चक्काजाम

\"Mohan-Baidya1\"काठमाडौं, ७ असोज । नेकपा क्रान्तिकारी माओवादीले गरेको एक घण्टे चक्काजाम असफल भएको छ । आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा वैद्य माओवादीले शुक्रबार विहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा चक्काजाम घोषणा गरेको थियो । प्रहरीले राजधानीको विभिन्न ठाउँमा बन्द गर्न उत्रिएका कार्यकर्तालाई पक्राउ गरी कार्यालय समयमा आयोजना गरिएको बन्द असफल बनाइदिएको हो । जर्बजस्ती चन्दा उठाएको भन्दै असोज ५ गते काठमाडौंको बागबजारबार क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव तथा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउ गरी दुःख दिने, झुट्ठा मुद्दा लगाउने उद्देश्यले सरकार दमनमा उत्रिएको भन्दै भन्दै वैद्य माओवादीले शुक्रबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो । नेवाः राज्य समन्वय समितिले गरेको चक्काजाम असफल पार्न प्रहरी नेवाः राज्य संयोजकसमेत रहेका पार्टीका स्थायी समिति सदस्य दिनेश शर्मासहित दर्जनौं बन्दकर्ताहरुलाई काठमाडौंको सुनधाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मासहित क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु शारदा महत, प्रा.डा. जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल लगायत डेढ दर्जन बढी छन् । पक्रा परेका उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेका पक्राउ परेका आफ्ना नेता कार्यकर्ता सबैलाई अबिलम्ब रिहा गर्न माग गरेका छन् । बन्द आयोजक वैद्य माओवादी नेता कार्यकर्तालाई सडकमा आउनासाथ प्रहरीले पक्राउ गरी एक घण्टे चक्काजाम असफल पारेको हो । आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको भन्दै वैद्य माओवादीले आइतबार उपत्यका बन्दको घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending