Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सफल हुन सकेन वैद्य माओवादीको एक घण्टे चक्काजाम

\"Mohan-Baidya1\"काठमाडौं, ७ असोज । नेकपा क्रान्तिकारी माओवादीले गरेको एक घण्टे चक्काजाम असफल भएको छ । आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको विरोधमा वैद्य माओवादीले शुक्रबार विहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा चक्काजाम घोषणा गरेको थियो । प्रहरीले राजधानीको विभिन्न ठाउँमा बन्द गर्न उत्रिएका कार्यकर्तालाई पक्राउ गरी कार्यालय समयमा आयोजना गरिएको बन्द असफल बनाइदिएको हो । जर्बजस्ती चन्दा उठाएको भन्दै असोज ५ गते काठमाडौंको बागबजारबार क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव तथा अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवारलाई प्रहरीले पक्राउ गरेको थियो । आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउ गरी दुःख दिने, झुट्ठा मुद्दा लगाउने उद्देश्यले सरकार दमनमा उत्रिएको भन्दै भन्दै वैद्य माओवादीले शुक्रबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो । नेवाः राज्य समन्वय समितिले गरेको चक्काजाम असफल पार्न प्रहरी नेवाः राज्य संयोजकसमेत रहेका पार्टीका स्थायी समिति सदस्य दिनेश शर्मासहित दर्जनौं बन्दकर्ताहरुलाई काठमाडौंको सुनधाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा शर्मासहित क्रान्तिकारी माओवादीका सचिवालय सदस्य पवनमान श्रेष्ठ, केन्द्रीय सदस्यहरु शारदा महत, प्रा.डा. जगदीशचन्द्र भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल लगायत डेढ दर्जन बढी छन् । पक्रा परेका उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्यले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेका पक्राउ परेका आफ्ना नेता कार्यकर्ता सबैलाई अबिलम्ब रिहा गर्न माग गरेका छन् । बन्द आयोजक वैद्य माओवादी नेता कार्यकर्तालाई सडकमा आउनासाथ प्रहरीले पक्राउ गरी एक घण्टे चक्काजाम असफल पारेको हो । आफ्ना नेता कार्यकर्ता पक्राउ गरेको भन्दै वैद्य माओवादीले आइतबार उपत्यका बन्दको घोषणा गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending