Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

माओवादी केन्द्र विराटनगरको एकता भेला सम्पन्न, संयाेजकमा न्यौपाने

\"namita\"विराटनगर , ५ असोज । नेकपा माअ‍ेवादी केन्द्रको विराटनगर नगरपालिकाको एकता भेला बुधबार सम्पन्न भएको छ । स्थानिय विकाश मन्त्री हितराज पाण्डेको प्रमुख उपस्थितिमा भएको भेलाले नमिता न्यौपानेको संयोजकत्वमा २९९ सदस्यीय नगर कमिटी गठन गरेको छ । प्रमुख अतिथि तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले एकता भेलालाई संवोधन गर्दै स्थानीय निकायको निर्वाचन समयमै हुने बताए । उनले संविधान कार्यान्वयनका लागि भए पनि सरकारले तोकिएकै समयमा स्थानीय निकायको निर्वाचन गराउन प्रतिबद्ध बताए । मन्त्री पाण्डेले पुनसंरचना आयोगले प्रस्तुत गरेका स्थानीय निकाय इकाइको सङ्ख्यामा थपघट हुन सक्ने बताउँदै इकाइको सङ्ख्यामा केही बढोत्तरी हुने सम्भावना देखिएको बताए । स्थानीय निकायको गाउँ, नगर र महानगरपालिको गठन गर्ने कार्य चुनौतिपूर्ण रहेको उल्लेख गर्दै उनले यस कार्यमा सबै दललाई सहयोग गर्न आग्रह गरे । मन्त्री पाण्डेले सातवटै प्रदेशका लागि उच्च अदालत स्थापना हुने स्थान सरकारले सार्वजनिक गरिसकेको उल्लेखगर्दै सङ्घीय प्रदेशको निर्वाचित दुई तिहाइ प्रतिनिधिको समर्थनमा प्रदेशको राजधानी निर्धारण गर्न सकिने सबैधानिक प्रावधान रहेको जानकारी दिए । पार्टी एकता अभियान मुलुकको विभिन्न ठाउँमा जारी रहेको बताउँदै उनले सङ्गठनलाई अझ मजबुत बनाउनुपर्ने विषयमा जोड दिए । पार्टीका नगर समितिका इन्चार्ज  नमिता न्याैपानेकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय सावित्री काफ्ले र भोगेन्द्र यादवलगायतले पार्टी एकता अभियानको महत्वबारे प्रकाश पारेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending