Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विश्वनाथ गौतमको रिहाइको माग गदै परिवाजन आन्दोलीत

\"biswaonath_goutam-750\"काठमाडौ, ५ असोज । तेह्रथुम मोराहाङका विश्वनाथ गौतमलाई युनिटी लाईफ इन्टरनेसनल कम्पनीको ठगि प्रकरणको कसुरमा राज्यले उक्त कम्पनि संचालक भनि विगत ६ बर्ष देखि जेल सजाए दिएको छ । ठगि प्रकरणको दोषि भन्दै उनलाई २०६८ असार ३ गते ललितपुर नख्खु जेलमा राखिएको हो । विभिन्न कागजातका आधारमा उनी निर्दोष देखिएकाले राज्यले माफिमाग्नु पर्ने र मुद्धा फिर्ता गर्नुपर्ने माग राख्र्दै गौतमका परिवारजनले मंगलबार देखि अनिश्चितकालीन धर्ना गरिरहेका छन् । गौतमका परिवारजनले राज्यले उनलाई युनिटी लाइफ कम्पनिको ठगि प्रकरणमा संचालक भनि सजाय दिदै आएको बताएको छ । उहाँ त्यो कम्पनिको कर्मचारी मात्र हुनुहुन्थ्यो, जागिरेलाई संचालक भनि षडयन्त्रपूर्वक फसाइएको छ, हामीलाई न्याय चाहियो । खबरडबली सँग रुदै परिवारजनले पिडा पोखें । उनकी श्रीमती दिपा गौतमले राज्यसँग आफुले दुईवटा प्रश्न मात्र सोधेको जनाएको छन् । उनको पहिलो प्रश्न आफ्नो श्रीमान त्यो कम्पनिको संचालक हो भने, राज्यले संचालक भएको प्रमाण देखाउनु पर्यो । दाश्रो प्रश्न, यदि राज्यले संचालक रहेको प्रमाण पेश गर्न सक्दैन भने निर्दोष मानिसलाई जेलमा किन राखेको छ ? राज्यले उहाँको सम्पूर्ण मुद्धा फिर्ता लिदै माफि सहित क्षतिपूर्ति दिनुपर्छ । उनले आँखाबाट आशु चुहाउँदै उनले भनिन, निर्दोष नागरिकलाई जेलमा हालेर रमिता हेरिरहेको राज्यसँग म एउटी महिला एक्लैले गरेको प्रश्न प्रभावकारी नभएकाले तपाईहरुको साथ सहयोगको आग्रह गरेकी छु । उनले आफ्नो फाइल पल्टाउदै भनिन्, दोषि भनिएका विश्वनाथ गौतम उक्त कम्पनिको संचालक नरहेको भनि कम्पनि रजीष्टारको कार्यालयले समेत प्रमाणीत गरेको छ । त्यो चिठी गृहमन्त्रालयमा पुगेपछि गृहमन्त्रालयले समेत महान्यायाधीवक्ताको कार्यालयलाई संचालक नभएको अवस्थामा जेलमुक्त गर्नका लागि अनुरोध पत्र पठाएको छ । सो कम्पनिका सात जना संचालकहरुले समेत उहाँ कम्पनिको कर्मचारी रहेको तर संचालन नरहेको भनि स्पष्टिकरण पत्र दिएका छन् । उहाँ दोषी भएको कुनै प्रमाण बिना ६ ६ बर्ष देखि किन जेलमा राखियो ? राज्यले किन मेरो श्रीमानलाई अनाहकमा दुअ दिदैछ ? उनले सबै कागजात र पृष्ठ भूमिको अध्ययन गरिसकेपछि नेपाली काग्रेस,एमाले,फोरम लोकतान्त्रीक लगाएतका दलले उहाँ निर्दोष रहेको भनि गृहमन्त्रालयलाई लेखेको देखाउदै भनिन, प्रधानमन्त्री पुष्पकमल दहाल,निवर्तमान प्रधानमन्त्रीहरु केपी ओली,सुशील कोइराला,झलनाथ खनालले पनि उहाँ माथि अन्याय भएको भन्दै आफुले पहल गर्ने बताएका थिए, तर आज सम्म हामीले न्याय पाएनौ । उनले आँखाभरी आँशु पादै पिडा सुनाइन् । मानवअधिकारकर्मि सुबोध प्याकुरेलले समेत धेरै पटक सबै भन्दा अन्यायमा परेको व्यक्ति विश्वनाथ गौतमहो भन्ने भएको छ, उनले बिना प्रमाण राज्यले यसरी जेलमा राख्नु कुन मानव अधिकार हो यो राज्यले दिएको ? उनले न्यायकालागि सबै सम्म आग्रह गदै भनिन्, हामी आन्दोलनमा जानु सिवाय कुनै बाटो देखिन त्यसैले संविधान सभा अगाडि धर्नामा बसेका छौ । उहाँलाई राज्यले रिहाइ नगरुन्जेल सडकमै बस्छौ । एउटा व्यक्तिलाई परेको अन्यायको विरुद्धको आन्दोलनमा अहिले एक्लै भएपनि न्यायप्रेमी समुदायको आफुलाई साथ मिल्नेमा आफु विश्वस्त रहेको बताइन् । संचालकहरु लाई कार्बाहि नगरी कर्मचारलिाई जेलमा राखेर मुद्धा चलाउने, अनि अदालतमा बिचाराधिन भन्ने तर्क गर्ने राज्य संयन्त्र कस्तो उनले प्रश्न गरिन ? जबकि उक्त कम्पनीका सात जना संचालकहरु बाहिर रहेका छन्, उनिहरुले आफुनै कम्पनिको संचालन भएको समेत बताएका छन् र त्यसको प्रमाण समेत अदालतसँग छ । महान्यायाधिवक्ताले गौतमलाई ठगि,राजस्व चुहावट,विना हिजाजत बैकिङ कारोबार,बैकिङ कसुर जस्ता विभिन्न ५ प्रकृतिका आरोपमा ९ वटा मुद्धा लागेको जनाएको छ । यस विषयमा महान्यायाधिवक्ताको कार्यालयले उक्त मुद्धा फिर्ता लिन नमिल्ने तर्क गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले अदालतमा बिचाराधीन सामुहिक रहेको मुद्धा भएकाले कुनै एक अभियुक्तको मात्र मुद्धा फिर्ता लिन सकिने कानुनि अड्चन प्रस्तुत गरेको छ । जानकारहरुका अनुसार उक्त मुद्धाको छिनोफानो गर्न बर्षौ लाग्ने देखिन्छ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending