Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न नयाँ शक्तिको माग

\"naya-shakti-rally\" काठमाडौं, २ असोज । नयाँ शक्ति नेपालले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न माग गरेको छ । संविधान संशोधनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आइतबार सरकारलाई ज्ञापनपत्र बुझाउँदै उसले सर्वपक्षीय राजनीतिक संयन्त्र गठनको माग गरेको छ । सहसंयोजक रामचन्द्र झा र दुर्गा सोबको नेतृत्वमा दलबलका साथ सिंहदरबार पुगेको टोलीले आइतबार कार्यबाहक प्रधानमन्त्री बिमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाएको हो । मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले सम्बोधन गर्न नसकेको भन्दै जायज माग सम्बोधन गरी संविधान संशोधन गर्न माग गर्दै नयाँ शक्तिले आइतबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्पपीडितलाई राहत तथा पुननिर्माण–नवनिर्माण, विकास–निर्माणतर्पm, राष्ट्रियता, शान्तिप्रक्रिया लगायतका विषयमा नयाँ शक्तिले ज्ञापनपत्र बुझाएको हो । त्यसैगरी, २०७४ साल माघ ७ गतेभन्दा अगावै स्थानीय तह, प्रादेशिक व्यवस्थापिका र संघीय संसदको चुनाव सम्पन्न गर्न सरकारको तर्पmबाट गम्भीरता र कार्यतत्परता देखाउनुपर्ने माग गरेको छ । ज्ञापनपत्रमा संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न, पहिचानका पाँच र सामाथ्र्यका चार साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुनर्संरचना गर्नसमेत माग गरिएको छ । आर्थिक विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ठोस कार्ययोजना निर्माण गरी काम गर्न पनि नयाँ शक्तिले सरकारसँग माग गरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र राष्ट्रिय गौरबका आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनु उसले सरकारलाई सुझाएको छ । सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउँदै बजारमा व्याप्त कालोबजारी र महंगी नियन्त्रण गर्न देशभर स्पेशल टाक्स फोर्स ‘एसटीएफ’ बनाउन पनि नयाँ शक्तिले सरकारसँग माग गरेको छ । महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा मानवअधिकार विरुद्धको गम्भीर अपराध भएकोले तत्काल यसको अन्त्य गर्न कठोर कदम चाल्नससमेत सरकारसमक्ष माग गरेको छ । ज्ञापनपत्र बुझाउनु अघि अनामनगरमा आयोजित कोण सभालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताका दैनिकीसँग सम्बन्धित आफ्ना मागहरुलाई तुरुन्त पूरा नगरे आफूहरु अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । नयाँशक्ति पार्टीले आइतबार ७५ वटै जिल्लाहरुमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending