Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

के गर्छ अब विप्लव माओवादीले ?

काठमाडौं, गतसाता लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घर घेराउको क्रममा र शनिबार मशाल जुलुस निकाल्ने सन्दर्भमा पक्राउ परेका दुई दर्जन नेता–कार्यकर्ता रिहाई गराउन दबाव दिने भन्दै नेपाल बन्दसहितका कार्यक्रम घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले कार्यकर्ता रिहाईलगत्तै ती कार्यक्रमहरु फिर्ता लिएको छ । विप्लव माओवादीले नेपालबन्द सहितका कार्यक्रम फिर्ता लिनुलाई कतिपयले उक्त पार्टीको पछिहटाइका रुपमा अर्थ्याएका छन् भने धेरैजसोले झन् ठूलो संघर्षको तयारीका रुपमा लिएका छन् । संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेर भिन्नै आन्दोलनको तयारीमा रहेको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीले डेढ वर्ष बितिसक्दा समेत ‘क्रान्तिको यात्रा’ मा कुनै नयाँपन र ठोस योजना अघि सार्न सकेन भन्दै अलग पार्टी बनाएका विप्लवले सुरुदेखि नै पार्टीसंरचनालाई अर्धभूमिगत बनाउँदै आएका छन् । र, दाङमा भएको पार्टीको प्रथम राष्ट्रिय सम्मेलनयता दिनहुँ केही न केही दबाबमूलक कार्यक्रम समेत गर्दै आएका छन् । यसै सन्दर्भमा नयाँ पार्टीका तर्फबाट पहिलोचोटि १८ गतेका लागि आइतबार नेपालबन्द घोषणा गरेका विप्लवले मंगलबारै ती कार्यक्रम फिर्ता लिएपछि ‘अब के गर्छन्’ भनेर सर्वत्र जिज्ञासा छाइरहेको छ । ‘अब राधेश पन्तको मात्रै होइन, प्रधानमन्त्री सुशील कोइरालाकै घरमा झन्डा गाडछौं’ भन्दै मन्तव्य दिएका विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोलाको अभिव्यक्तिको आशय हिरासतमा रहेका कार्यकर्तालाई रिहा गराउनेमा मात्रै सीमित नरहेको जानकारहरु बताउँछन् । स्रोतका अनुसार जनयुद्धकालमा कब्जा गरिएका र शान्ति प्रक्रियाको सन्दर्भमा फिर्ता गरिएका देशभरका सबै जग्गाजमिन पुनः कब्जा गरिसकेरै छाड्ने योजनाअनुसार उक्त पार्टी अगाडि बढिरहेको छ । सिंगै पार्टीलाई फौजी संरचनामा ढालेर योजनाबद्ध ढंगले वर्गसंघर्ष उठाउँदै अन्ततः सशस्त्र मुठभेड नै व्यहोर्नुपरे पनि पछाडि नहट्ने तयारीका साथ उक्त पार्टी अगाडि बढिरहेको छ । महँगी, भ्रष्टाचार, तस्करी, कालोबजारीका विरुद्ध सो पार्टीका नेता तिलक परियारको अध्यक्षतामा अरु तीन घटकहरुलाई समेटेर बनाइएको संयुक्त मोर्चामार्फत राजधानी र सहरहरुमा संघर्ष तेज पार्दै मूल पार्टीका तर्फबाट प्रतिरोधी संघर्षको तयारी गर्ने क्रममा विप्लव माओवादी रहेको स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending