Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

एमाले स्थायी समिति बैठकमा नेताहरुबीच बाझाबाझ

भक्तपुर, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओली निवास बालकोटमा मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा संस्थापन पक्ष र असन्तुष्ट पक्षका बीचमा युवासंघको विषय उठेपछि नेताहरुको जिम्मेवारी बाँडफाँडका लागि बसेको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । बैठकका लागि वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल र विद्या भण्डारी, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपानेलगायतका नेता निर्धारित समयमै ओली निवास पुगेपनि बैठकले केही पनि निर्णय लिन नसकेको हो । एमाले नेताहरुमा कार्यविभाजनको विषयमा लामो समयदेखि आन्तरिक विवाद चुलिएका कारण बैठकले निर्णय लिन नसकेको एमालेका असन्तुष्ट नेताहरुले खबर डबलीलाई बताएका छन् । नेपाल पक्षधर एक नेताले खबरडबलीलाई दिएको जानकारी अनुसार मंगलबारको बैठकमा युवासंघको विषय उठेपछि कार्यविभाजनको टुङ्गो लगाउन बसेको बैठकले त्यस तर्फ कुनै छलफल नै नगरी स्थगित गरिएको हो । मंगलबारको बैठकमा कार्य विभाजन गरी सबैको जिम्मेवारी तोकिने बताइए पनि सहमतिबाट भन्दा पनि अध्यक्षले आफ्नो मनोमानीले नेता भर्ति गर्न लागेको आरोप लगाउँदै मंगलबारको बैठकमा वरिष्ट नेता माधवकुमार नेपाल उपस्थित भएनन् । तर, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले पार्टीभित्रको जिम्मेवारी मिलाउने क्रममा तलमाथि नहोस् भनेर थप तयारी गर्न बैठक भोलिसम्मका लागि स्थगन गरिएको बताए । अध्यक्ष ओलीको निर्देशअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले नेताहरुको कार्य विभाजनबारे स्थायी कमिटीका सदस्यसँग छलफल गर्दा समय लम्बिएकाले बुधबार ११ बजे पुनः बालकोटमा बैठक बसेर निर्णय गर्ने बताए । महासचिव पोखरेलले सबै स्थायी कमिटी सदस्यसँग छलफल गरी सुझाव सङ्कलन गरेर प्रस्ताव ल्याउने बताउँदै न्यौपानेले पार्टीभित्रको विवाद घट्दै गएकाले अबको बैठकमा कार्य विभाजनसम्बन्धी निर्णय हुने दाबी गरे । अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले पार्टी उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम र सचिव योगेश भट्टराई उपत्यका बाहिर रहेको र पार्टीभित्र आन्तरिक छलफल जारी रहेको बताउँदै बैठक बुधबार ११ बजेसम्मका लागि स्थगन गरिएको बताए । आइतबारदेखि लगातार बसेको सो बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनको विषयमा व्यापक छलफल भए पनि निर्णयमा भने पुग्न सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies