Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

छिमेकी बुझाउन संविधान संशोधन हुँदैन : विजुक्छे

\"bijukchhe\"भैरहवा, ३१ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो पार्टी र आफू जहिले पनि सामन्ती राष्ट्रवाद र संस्कारको विरोधी भएको बताएका छन् । रुपन्देहीको भैरहवामा शुक्रबार लुम्बिनी प्रेस क्लबले आयोजना गरेको साक्षतकारमा बोल्दै अध्यक्ष विजुक्छेले देशमा सामन्तवादी संस्कृति र संस्कारको हावी भएको भन्दै त्यसलाई चिर्न आफ्नो पार्टी तयार रहेको बताए । उनले भने– विभिन्न बाहनामा राष्ट्र र राष्ट्रिय हित विपरित विभिन्न शक्तिहरुले चलखेल गरिरहेका छन्, त्यसविरुद्ध हामी सबै नेपाली एकजुट हुन जरुरी छ । ’ सरकारका पछिल्ला कदमले नेपालको हरेक निर्णयमा बाह्य मुलुकको हात रहँदै आएको जनाउँदै विजुक्छेले नेपालका जुनसुकै प्रधानमन्त्री भारत भम्रणमा जाँदा पनि नेपाली जनता सशंकित हुने गरेको दावी गरे । उनले भने– ‘जुन प्रधानमन्त्री भारत जानुहुन्छ, कर्णाली, कोशी, महाकाली, र देशहित विपरित कार्य गर्छन् की भनेर जनता संशंकित हुने गरेका छन् ।’ उनले देशको स्वतन्त्रता र सार्वभौमिकताका लागि आवश्यकता अनुसार संविधान संशोधन गरिने तर बाह्य मुलुकको इशारामा देशहित विपरित संशोधन गर्न नहुने प्रष्ट्याए । उनले भने– नेपाली जनताको आवश्यकता, चाहना र मागबमोजिम जनताको निर्णयले संविधान संशोधन हुन्छ, तर छिमेकी बुझाउन कदापी संविधान संशोधन हुन्न । विजुक्छेले मधेशी जनताको अधिकार संरक्षण हुनुपर्नेमा जोड दिँदै भने– हामी मधेशका जनताको पक्षमा छौं, उहाँहरुका राम्रा माग सम्बोधन गर्नुपर्छ तर केही दलको स्वार्थका लागि संविधान संशोधन गर्नु गलक हो । संविधान बनाउँदा आफ्नो पार्टीले थोरै संख्यामा निर्वाचन क्षेत्र र प्रतिनिधिहरु बनाउन पटक–पटक माग गरे पनि ठुला दलहरुका कारण संख्या बढाइकोप्रति इंकित गर्दै विजुक्छेले भने– हाम्रा कुरा सुन्दै नसुनी अगाडि बढियो तर अहिले संख्या धेरै भएकै कारण निर्णय प्रक्रियामा पुग्न कठिन भएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन किन नगरेको भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष विजुक्छेले पूर्ववर्ती केपी ओलीको सरकारको स्मरण गर्दै भने– उहाँ (केपी) नेतृत्वको सरकारले राष्ट्र, राष्ट्रियता र देशभक्ती विरुद्ध कुनै पनि निर्णय र कदम नचाल्ने प्रतिबद्धता जनाएका कारण आफ्नो पार्टीले समर्थन गरेको तर प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रियताप्रति संवेदनशील र बफादार नदेखिएका कारण आफ्नो पार्टीको समर्थन नरहेको उनको भनाई छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: