Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नेपालको अर्थतन्त्र अझै पनि नेपालीको हातमा छैनः अर्थमन्त्री महरा

\"krishna-baharud-mahara1\"काठमाडौँ, ३१ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन आर्थिक पत्रकारको महत्वपूर्ण भूमिका हुने बताए । नेपाल आर्थिक पत्रकार समाज ९सेजन०को १७औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र नेपाल र नेपालीको हातमा ल्याउन अझै धेरै सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । । “अर्थतन्त्र अझै पनि नेपालीको हातमा छैन, जसरी राजनीति सही ट्र्याकमा आउन समय लागेको थियो अर्थतन्त्रलाई पनि सही ढङ्गले अघि बढाउन धेरै मिहेनत गर्नुपर्छ” – उनले भने । स्वस्थ्य प्रतिस्पर्धात्मक राजनीतिले मात्रै स्वास्थ्य अर्थतन्त्रको सुदृढ हुने उल्लेख गर्दै उपप्रम महराले उत्पादनशील उद्योगको प्रवद्र्धन, प्रोत्साहन तथा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार लागिपरेको बताए । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पत्रकारिता पेसा अमर्यादित र विकृतिमय बनेको कटाक्ष गर्दै भने–“पत्रकारिता पेसामा यति विकृति आएको छ, कि पत्रकारले अन्य केही नपाएपछि यो पेसा रोजेजस्तो भान भएको छ, अन्य मुलुकमा धेरै पढेलेखेका व्यक्ति मात्र पत्रकारितामा लाग्छन् ।” उनले आर्थिक पत्रकारिता सबल भए मात्र मुलुकको अर्थतन्त्र राम्रो हुने भन्दै पत्रकारितामा मौलाएको विकृति र ‘बार्गेनिङ’ गर्ने प्रवृत्तिको अन्त्य गर्न सेजनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले समाजलाई सही दिशामा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा आएको भन्दै त्यसका लागि मर्यादित पत्रकारिताको खाँचो औंल्याए । सेजनका अध्यक्ष गोकर्ण अवस्थीले सेजनलाई व्यावसायिक र मर्यादित संस्थाका रुपमा स्थापित गराउन लागिपरेको उल्लेख गरे । साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन तथा सेजन कल्याण कोष सञ्चालन कार्यविधि पारित गर्दै आर्थिक पत्रकार आचारसंहिता संशोधनसहित पारित गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending