Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

आन्दोलनकारी समाते वाईसीएलले चौकी कब्जा गरेरै छुटाउने !

काठमाडौं, एकीकृत नेकपा (माओवादी) को सहायक संगठन वार्इसीएल नेपालले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरे प्रतिरोध गर्ने र गिरफ्तार गरे चौकी कब्जा गरेरै भए पनि आन्दोलनकारीलाई फिर्ता ल्याउने तयारी गरेको छ । स्रोतका अनुसार चैत १४ गतेदेखि प्रधानमन्त्री तथा मन्त्रीहरुको कार्यक्रममा कालोझन्डा देखाउने, अवरोध गर्ने र लाठी जुलुस गर्ने ३० दलीय मोर्चाका कार्यक्रमलाई मध्येनजर गरेर वाईसीएलले यस्तो तयारी गरेको हो । सरकारले ३० दलीय मोर्चाका तर्फबाट घोषित आन्दोलन असफल पार्न सुरक्षा समितिको बैठक बसेरै तयारी गरेका खबरहरु आएपछि लडाकु संगठन वार्इसीएल नेपालले पनि प्रतिरोधात्मक योजना निर्माण गरिरहेको बुझिएको छ । स्रोतका अनुसार सोमबार मात्रै युवा परिचालनका नाममा वार्इसीएलको बैठक पेरिसडाँडामा सम्पन्न भएको छ । बैठकमा परिचालनका इन्चार्ज तथा पूर्व जनमुक्ति सेनाका डेपुटी कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’ लगायतको उपस्थिति थियो । वाईसीएलका कार्यबाहक अध्यक्ष आरसी शर्मा र काठमाडौं उपत्यकाका निश्चित नेताहरुलाई मात्रै बोलाइएको विशेष बैठकमा सरकारले दमन गरे प्रतिरोधलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भएको बुझिएको छ । बैठक बसेको कुरा पुष्टि गदै कार्यबाहक अध्यक्ष शर्माले भने–  ‘विशेष केही होइन, आन्दोलनलाई व्यवस्थित बनाउने सन्दर्भमा छलफल भएको हो ।’ तर, समाचारस्रोतले बताएअनुसार गत १६ गते बानेश्वरमा जस्तै प्रहरीसँग झडप हुने स्थितिमा अग्रमोर्चा वार्इसीएलले नै समाल्ने र झडपमा सामान्य समर्थक जनतालाई पर्न नदिने योजना बनाइएको छ । ती योजनाहरुको तयारीअनुरुप पूर्वघोषणा नगरीकन वार्इसीएलले देशका प्रमुख सहरहरुमा केही कार्यक्रम समेत गर्ने स्रोतको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies