Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भरतपुर अस्पतालमा आइसीयू कक्ष विस्तार

\"20141117bharatpur-hospital-is-central-tarais-new-medical-centre\"चितवन, ३० भदौ । चितवनको भरतपुर अस्पतालमा नयाँ भवन निर्माणसँगै सघन उपचार कक्ष ९आइसियु० र शल्यक्रिया कक्षको क्षमता विस्तार गरिएको छ । अस्पतालको ए ब्लक पूरा भएपछि अस्पतालको आइसियु तथा शल्यक्रिया कक्षको क्षमता विस्तार गरी पोस्टअपरेटिभ वार्डसमेत स्थापना गरिएको हो । यसअघि नौ श्य्या क्षमताको मात्रै आइसियु सेवा अस्पतालले प्रदान गर्दै आएकामा आजदेखि २८ श्यया रहन सक्ने गरी क्षमता विस्तार गरिएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए । दश श्यया सञ्चालनमा आएको र बाँकीको सञ्चालनको प्रक्रिया जारी रहेको अस्पतालले जनाएको छ । भरतपुर अस्पतालमा आइसियुको श्यया कम हुँदा बिरामी अन्य निजी अस्पतालमा महँगो शुल्क लिर्न बाध्य भएका थिए । “सरकारी अस्पतालमा नै यतिको ठूलो आइसियु सञ्चालनमा आएपछि गरिब, विपन्न र असहायले लाभ उठाउन सक्नेछन्,” अस्पताल विकास समितिका अध्यक्ष सुवेदीले भने, “अन्य पैसा तिर्न सक्नेले पनि अस्पतालबाट अत्याधुनिक सेवा लिन सक्छन् ।” विसं २०६६ मा अस्पतालमा सात श्ययाबाट आइसियु सेवा सुरू गरिएको थियो । अस्पतालका चिकित्सक डा विजय पौडेल सरकारी अस्पतालमध्ये भरतपुर अस्पतालको आइसियु सेवा उत्कृष्ट भएको दाबी गरे । अस्पतालको छ स्थानबाट एकैपटक शल्यक्रिया सेवा गर्न सक्ने गरी क्षमता विस्तार समेत भएको छ । हालै मात्र श्यया थपेर भरतपुर अस्पतालले २० श्य्या क्षमताको पोस्टअपेरटिभ वार्डसमेत स्थापना गरेको छ । सबै सुविधा उपलब्ध हुने गरी नयाँ सेटअपसहित सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । अस्पतालले मदन भण्डारी ट्रमा सेन्टर समेत स्थापना गरी सेवा दिन थालेको छ । उक्त अस्पतालमा अहिले झन्डै ६०० श्यया छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending