Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सर्वोच्चलाई सरकारको छलपूर्ण जवाफ, के लोकमान राज्यभन्दा माथि छन् ?

\"Lokman_singh_Karki\"काठमाडौं, ३० भदौ । अख्तियार प्रमुख लोकमान सिहं कार्की विरुद्ध सर्वोच्वमा परेको रिटमा नियुक्तिको फाइल सरकारसँग मागेको सर्वोच्वलाई फाइल भूकम्पका कारण नभेटिएको भन्ने छलपूर्ण जवाफ पठाएको छ । कार्कीविरुद्द परेको रिटको फैसलाको पूनरावलोकन गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्न सर्वोच्वले नियुक्ति प्रक्रियाको फाइल मगाएको थियो । जवाफमा प्रधानमन्त्री तथा सामान्य प्रशासन मन्त्रालयले ‘भुकम्पका कारण फाइल भेट्टाउन नसकिएको’ जवाफ दिएका छन् । प्रधानमन्त्री कार्यालयबाट भूकम्पका कारण कार्यालय सरेको र फाइल नभेटिएको भन्ने पत्र गएको भएपनि भवनमा आंशिक क्षति भएको र कार्यालयको कुनैपनि सामान नष्ट नभएको यसअघिका रेकर्डहरुमा देखिन्छ । सार्वोच्वले तात्कालिन संबैधानिक परिषदको निर्णय प्रक्रिया हेर्नका लागी फाइल मगाएको थियो । संबैधानिक परिषदको उक्त निर्णयको अर्को प्रति सामान्य प्रशासन मन्त्रालयमा समेत बोधार्थको रुपमा रहन्छ । तर दुबै कार्यालयहरुले फरकफरक कारण देखाउँदै फाइल लुकाएका छन् । प्रधानमन्त्री कार्यालयले भूकम्पका कारण भवन सरेकोले नभेट्टाएको भनेको छ भने सामान्य प्रशासन मन्त्रालयले १० वर्ष पूरानो अभिलेख भन्दै खोज्न समय लागेको र भ्ट्टाउनासाथ पठाउने बताएको छ । २०७२ मंसिर १० गते अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको मुद्धामा अदालतले गरेको फैसला त्रुटिपूर्ण भन्दै पुनरावलोकनको निवेदन दिएका थिए । कार्की रायमाझि आयोगका दोषी समेत हुन् । दोषीलाई अख्तियार प्रमुख बनाएको भन्दै उनको नियुक्तिमा चर्को विरोध भएको थियो । तर कार्कीले तात्कालिन प्रमुख नेताहरुलाई प्रभावमा पार्दै नियुक्त भएका थिए । कार्कीले विभिन्न संबैधानिक समिति लगायतलाई समेत यसअघि बोलाएका स्थानहरुमा नगइ अटेर गर्दै आइरहेका छन् । अख्तियार अनुसन्धान आयोगमा रहेर अनावश्यक रुपमा आतंक फैलाएको आरोप समेत उनीमाथि छ भने ठुला भ्रष्टहरुलाई संरक्षण गर्ने गरेको समेत उनीमाथि आरोप छ । यो फाइल हराएको प्रकरणले उनी राज्यभन्दा माथि त छैनन् भन्ने प्रश्न उब्जिएको मात्रै छैन । देशका नेताहरुसमेत उनको संरक्षणमा छन् भन्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending