Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सर्वोच्चलाई सरकारको छलपूर्ण जवाफ, के लोकमान राज्यभन्दा माथि छन् ?

\"Lokman_singh_Karki\"काठमाडौं, ३० भदौ । अख्तियार प्रमुख लोकमान सिहं कार्की विरुद्ध सर्वोच्वमा परेको रिटमा नियुक्तिको फाइल सरकारसँग मागेको सर्वोच्वलाई फाइल भूकम्पका कारण नभेटिएको भन्ने छलपूर्ण जवाफ पठाएको छ । कार्कीविरुद्द परेको रिटको फैसलाको पूनरावलोकन गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्न सर्वोच्वले नियुक्ति प्रक्रियाको फाइल मगाएको थियो । जवाफमा प्रधानमन्त्री तथा सामान्य प्रशासन मन्त्रालयले ‘भुकम्पका कारण फाइल भेट्टाउन नसकिएको’ जवाफ दिएका छन् । प्रधानमन्त्री कार्यालयबाट भूकम्पका कारण कार्यालय सरेको र फाइल नभेटिएको भन्ने पत्र गएको भएपनि भवनमा आंशिक क्षति भएको र कार्यालयको कुनैपनि सामान नष्ट नभएको यसअघिका रेकर्डहरुमा देखिन्छ । सार्वोच्वले तात्कालिन संबैधानिक परिषदको निर्णय प्रक्रिया हेर्नका लागी फाइल मगाएको थियो । संबैधानिक परिषदको उक्त निर्णयको अर्को प्रति सामान्य प्रशासन मन्त्रालयमा समेत बोधार्थको रुपमा रहन्छ । तर दुबै कार्यालयहरुले फरकफरक कारण देखाउँदै फाइल लुकाएका छन् । प्रधानमन्त्री कार्यालयले भूकम्पका कारण भवन सरेकोले नभेट्टाएको भनेको छ भने सामान्य प्रशासन मन्त्रालयले १० वर्ष पूरानो अभिलेख भन्दै खोज्न समय लागेको र भ्ट्टाउनासाथ पठाउने बताएको छ । २०७२ मंसिर १० गते अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको मुद्धामा अदालतले गरेको फैसला त्रुटिपूर्ण भन्दै पुनरावलोकनको निवेदन दिएका थिए । कार्की रायमाझि आयोगका दोषी समेत हुन् । दोषीलाई अख्तियार प्रमुख बनाएको भन्दै उनको नियुक्तिमा चर्को विरोध भएको थियो । तर कार्कीले तात्कालिन प्रमुख नेताहरुलाई प्रभावमा पार्दै नियुक्त भएका थिए । कार्कीले विभिन्न संबैधानिक समिति लगायतलाई समेत यसअघि बोलाएका स्थानहरुमा नगइ अटेर गर्दै आइरहेका छन् । अख्तियार अनुसन्धान आयोगमा रहेर अनावश्यक रुपमा आतंक फैलाएको आरोप समेत उनीमाथि छ भने ठुला भ्रष्टहरुलाई संरक्षण गर्ने गरेको समेत उनीमाथि आरोप छ । यो फाइल हराएको प्रकरणले उनी राज्यभन्दा माथि त छैनन् भन्ने प्रश्न उब्जिएको मात्रै छैन । देशका नेताहरुसमेत उनको संरक्षणमा छन् भन्ने देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending