Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सगरमाथाको नाम सबै भाषामा ‘सगरमाथा’ नै राख्न सरकारलाई सांसदहरुको सुझाव

\"parliament1\"काठमाडौं, २९ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको सफलताको कामना गर्दै विभिन्न जिल्ला अस्पतालमा चिकित्सक र औषधिको व्यवस्था तथा भूकम्पपीडितको आवासको लागि अनुदान रकम वितरण कार्यलाई तीव्रता दिन माग गरेका छन् । शून्य समयमा पहिलो वक्ताको रुपमा सांसद बलराम अधिकारीले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा राष्ट्रको आवश्यकता र जनताको भावनाअनुरुप आफ्ना समकक्षीसँग कुरा राख्न सुझाव दिँदै रासायनिक मल सबै नाकाबाट नेपाल भित्र्याउन सकिने व्यवस्था गर्न माग गरे । सांसद भक्तबहादुर विश्वकर्माले परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना कुटनीतिक नियोगको नाम राख्दा ‘नेप्लिज’को साटो नेपाली राख्ने कार्य राम्रो भएको भनी प्रशंसा गर्दै सगरमाथाको नाम पनि जुनसुकै भाषामा सगरमाथा नै राख्न सरकारलाई सुझाव दिए । सांसद भरतकुमार शाहले प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्दै आगामी दसैँमा सहरबाट आफ्नो स्थायी घर जान चाहने सर्वसाधारणका लागि यातायातको राम्रो प्रबन्ध मिलाउन सुझाव दिए । ‘भारतका विभिन्न स्थानमा रोजगारी गरेर दसैँको छुट्टिमा नेपाल आउँदा सीमा नाकामा भारतीय सीमा सुरक्षा बलले दुःख दिने घटना प्रत्येक वर्ष हुने भएकाले प्रधानमन्त्रीले भारत भ्रमणमा रहँदा यो विषयलाई प्राथमिकताका साथ उठाउनुपर्छ,’ उनले भने । सांसद भवानी खापुङले तेह्रथुमको हेल्थपोस्टमा आवश्यक दरबन्दी र औषधिको व्यवस्था गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद भेषकुमारी रावल भट्टराईले उपदपुरको कटारी र गाईघाट अस्पताल व्यवस्थित गर्न माग गरिन् । सांसद भुटनीदेवी खवासले महिला स्वयम्सेविका कार्यबोझका कारण धेरै नै मारमा परेको हुँदा उनीहरुलाई सुविधा थप्न र सङ्ख्या बढाउन माग गरिन् । सांसद ममतादेवी गिरीले सुदूरपश्चिम क्षेत्रका सीमा नजिकका गाउँमा भारतीय सीमा सुरक्षा बल र भारतीय नागरिक नेपाली बस्तीमा पसेर अत्याचार गर्दै आएको हुँदा त्यस्ता घटनालाई रोक्न सरकार चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिइन् । सासद मीठू मल्लले प्रधानमन्त्रीको भारत भ्रमणको सफलताको कामना गर्नुका साथै रुकुम जिल्ला अस्पतालमा विशेषज्ञ महिला चिकित्सक र औषधिको व्यवस्था गर्न माग गरिन् । सांसद यज्ञराज सुनुवारले भूकम्प पीडितलाई आवास सुविधा दिने कामलाई तीव्र तुल्याउन सुझाव दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending