Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

दिल्लीलाई पोको बुझाएर महत आज स्वदेश फर्किँदै

\"prakash_sharan-sushma-swaraj-india-visit\" काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा दिल्ली गएका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत आफ्ना समकक्षी सुष्मा स्वाराजलाई पोको बुझाएर मंगलबार स्वदेश फर्किँदैछन् । प्रधानमन्त्री प्रचण्डको भ्रमणको एजेण्डालाई मूर्तरुप दिन महत आइतबार बेलुका दिल्ली गएका थिए । मन्त्री महतले सोमवार आफ्ना समकक्षी तथा भारतीय विदेशमन्त्री सुष्मा स्वरोजसँग भेटवार्ताका क्रममा पोको बुझाएका थिए । उनले नेपालको उपहार स्वरुप पोको बुझाएको भिडियोमा स्पष्ट देखिएकाे थियो । विगतदेखि नै विदेशमन्त्रीलाई उपहार दिने चलन स्वरुप महतले उपहार दिएका थिए । तर उनले के उपहार दिएका हुन् भन्ने खुलेको छैन । प्रचण्डको भारत भ्रमणको पूर्व तयारीका लागि दिल्ली गएका परराष्ट्रमन्त्री डा. महतले स्वराजसँगको भेटका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणको बेला हुने सम्झौताका बारेमा छलफल भएको थियो । भेटमा मन्त्री महतले प्रधानमन्त्री प्रचण्डको बिहीबारदेखि शुरु हुने भारत भ्रमणका क्रममा बिगतमा सम्झौता भएर पनि अघि बढ्न नसकेका ठूला परियोजनाहरु अघि बढाउनेबारेमा छलफलको प्रस्ताव राखेका छन् । विशेष गरी पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रुप दिनेबारेमा सम्झौता गर्ने नेपाल सरकारको तयारी छ । त्यसबारेमा मन्त्री महतले ऊर्जा मन्त्री पियुष गोयलसँग पनि छलफल गरेका थिए । महत र स्वराजको भेटघाटपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर पारस्परिक चासोका विषयमा कुराकानी भएको जानकारी दिएको थियो । दुवै पक्षले वर्षौदेखिको गहिरो सम्वन्धलाई मजवुत पार्ने प्रतिवद्धता गरिएको विज्ञप्तिमा उल्लेख छ । महत र स्वराजबीच व्यापार, वाणिज्य, पारस्परिक लगानी, रक्षा तथा सुरक्षा, विकास साझेदारी, पूर्वाधार निर्माण, इनर्जी र जलस्रोतसँग सम्वन्धित विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । भारतीय विदेशमन्त्री स्वराजको निमन्त्रणमा आइतबार बेलुका दिल्ली पुगेका परराष्ट्रमन्त्रीले आइतबार नै साना दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending