Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

दिल्लीलाई पोको बुझाएर महत आज स्वदेश फर्किँदै

\"prakash_sharan-sushma-swaraj-india-visit\" काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा दिल्ली गएका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत आफ्ना समकक्षी सुष्मा स्वाराजलाई पोको बुझाएर मंगलबार स्वदेश फर्किँदैछन् । प्रधानमन्त्री प्रचण्डको भ्रमणको एजेण्डालाई मूर्तरुप दिन महत आइतबार बेलुका दिल्ली गएका थिए । मन्त्री महतले सोमवार आफ्ना समकक्षी तथा भारतीय विदेशमन्त्री सुष्मा स्वरोजसँग भेटवार्ताका क्रममा पोको बुझाएका थिए । उनले नेपालको उपहार स्वरुप पोको बुझाएको भिडियोमा स्पष्ट देखिएकाे थियो । विगतदेखि नै विदेशमन्त्रीलाई उपहार दिने चलन स्वरुप महतले उपहार दिएका थिए । तर उनले के उपहार दिएका हुन् भन्ने खुलेको छैन । प्रचण्डको भारत भ्रमणको पूर्व तयारीका लागि दिल्ली गएका परराष्ट्रमन्त्री डा. महतले स्वराजसँगको भेटका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणको बेला हुने सम्झौताका बारेमा छलफल भएको थियो । भेटमा मन्त्री महतले प्रधानमन्त्री प्रचण्डको बिहीबारदेखि शुरु हुने भारत भ्रमणका क्रममा बिगतमा सम्झौता भएर पनि अघि बढ्न नसकेका ठूला परियोजनाहरु अघि बढाउनेबारेमा छलफलको प्रस्ताव राखेका छन् । विशेष गरी पञ्चेश्वर परियोजनाको डीपीआरलाई अन्तिम रुप दिनेबारेमा सम्झौता गर्ने नेपाल सरकारको तयारी छ । त्यसबारेमा मन्त्री महतले ऊर्जा मन्त्री पियुष गोयलसँग पनि छलफल गरेका थिए । महत र स्वराजको भेटघाटपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरेर पारस्परिक चासोका विषयमा कुराकानी भएको जानकारी दिएको थियो । दुवै पक्षले वर्षौदेखिको गहिरो सम्वन्धलाई मजवुत पार्ने प्रतिवद्धता गरिएको विज्ञप्तिमा उल्लेख छ । महत र स्वराजबीच व्यापार, वाणिज्य, पारस्परिक लगानी, रक्षा तथा सुरक्षा, विकास साझेदारी, पूर्वाधार निर्माण, इनर्जी र जलस्रोतसँग सम्वन्धित विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । भारतीय विदेशमन्त्री स्वराजको निमन्त्रणमा आइतबार बेलुका दिल्ली पुगेका परराष्ट्रमन्त्रीले आइतबार नै साना दलका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: