Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

राहत दिन जाँदा आफ्नै ज्यानको जोखिम

बझाङ, २८ भदौ । बझाङ जिल्लाको विकट गाविस काँडा सदरमुकाम चैनपुरदेखि ६ दिनको पैदल यात्रामा मात्र पुगिन्छ । अरूलाई राहत वितरण गर्न जाँदा हरेक व्यक्ति सके यातायातको साधन खोज्छ, नभए सजिलो हुने बाटो रोज्ने गर्छन्, तर यहाँस्थित नेपाल रेडक्रस सोसाइटीका कर्मचारी भने राहत सामग्री वितरण गर्न जाँदासमेत ज्यान जोखिममा राखेर जाने गरेका छन् । पहिरोका कारण साउन १३ गते काँडा–४ सुख्खा झाडमा पहिरोले सात घर बगाएपछि गाउँमै गएर रेडक्रसका कर्मचारीले राहत वितरण गर्न खोज्दा पुल अभावमा उनीहरु सउखोलामा  जोखिमा परेका हुन् । गाउँमा सात परिवार घरबारविहीन भएर पूरै गाउँ जोखिममा परेको जानकारी पाएपछि स्थलगत जानकारी लिन र पीडित परिवारलाई राहत बाँड्न शाखाबाट राहत सामग्री लिएर उनीहरु गए । हिँड्दा हिँड्दै तीन दिन बाटामा लागेपछि गाउँ जान खोज्दा सउ खोलामा पुल अभावमा राहत सामग्री बाँड्न नपाउने अवस्था आएपछि रूख काटेर काठको साँगु बनाएर गएको रेडक्रस बझाङ शाखाका कार्यालय सहयोगी देवराज बिष्टले बताए । उनले भने, “सेवा गर्ने रेडक्रसमा जागीर खाएँ, अफिसले पठाएपछि जानै प¥यो । काठको साँगुमा राहत सामग्री लिएर जाँदा त जीउ डरले काँपिरहेको थियो, अरूलाई सेवा दिँदा झन्डै परिवार जहान टुहुरा भएका ।” गाउँ पूरै जोखिममा छ, गाउँमा कोही बस्दैन, सात परिवार घरबारविहीन भएका छन्, राहतको नाउँमा रेडक्रसबाहेक अरूले सहयोग नगरेको काँडा–४ का गोरख बोहराले बताए । उनले भने, “बर्खायामका चार महिना हामीलाई पुल अभावमा अरू गाउँसँग सम्बन्धविहीन हुनुपर्छ पुल निर्माण गर्ने गाविस, जिविस र बिपिएलाई निवेदन दिएपनि कसैले पुल बनाउन सहयोग गरेको छैन ।” स्वास्थ्य चौकी जाने पुल छैन, पुल अभावमा काँडा– वडा नं ६,७ ,८ र ९ का बासिन्दा बिरामी हँुदा उपचार गर्नसमेत वञ्चित हुनेगरेको कन्जु भण्डारीले बताए । केही दिनअघि गाउँकी पूजा बोहराले सुत्केरी हुन नसक्दा सुँडेनीले बच्चा निकाल्न खोज्दा बच्चा पनि म¥यो, उनको पनि पिसाब नली च्यातियो, नेपालमा उपचार नभएर भारतमा लाँदा समेत निको भएको छैन । रामु खोला काँडाको वडा नं ७  र ४ को बीचमा पर्छ । स्वास्थ्यकर्मीबाट उपचार नपाएपछि झारफुक गर्न खोजिन्छ, बिरामी निको नभएर अकालमै ज्यान गुमाउने गरेका छन्  । पुल अभावमा सदरमुकाम चैनपुरबाट गाउँमा व्यापार गर्न गएका रवीन्द्र दमाईंको रामु खोला पार गर्न खोज्दा  बगाएर बेपत्ता पारेको एक वर्ष बितेको छैन । सदरमुकाम चैनपुरदेखि तीन दिनको पैदल दूरीमा रहेको काँडा गाविसमा भौगोलिक विकटता भएकाले पनि कर्मचारीले काम गर्न नआउने गरेको पूर्वगाविस अध्यक्ष रनबहादुर बोहराले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending