Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

मधेस मुद्दामा दिल्लीको चासो, परराष्ट्रमन्त्री महतको भेटवार्ता जारी

\"prakash_sharan-sushma-swaraj-india-visit\" काठमाडौं, २७ भदौ । संविधान जारी हुनुअघिदेखि नै नेपालको संविधानप्रति चासो राखेको भारतीय संस्थापन पक्षले मधेसमा मुद्दामा आफ्नो विशेष चासो देखाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिनपछि दोस्रो पटक प्रधानमन्त्री भएपछि भारतको पहिलो भ्रमणमा जाने भएपछि दिल्लीले मधेस मुद्दामा चासो देखाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणअघि दुई पक्षबीच हुने महत्वपूर्ण एजेण्डालाई मूर्तरुप दिन दिल्ली गएका परराष्ट्रमन्त्री डा.प्रशाशरण महतसँग दिल्लीले विशेष गरी मधेस मुद्दामा चासो देखाएको स्रोतले बताएको छ । आइतबार साँझ दिल्ली पुगेका महतले सोमवार मध्यान्ह आफ्ना समकक्षी सुष्मा स्वराजसँग भेट गरेका छन् । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भ्रमणबारेमा कुराकानी भएको परराष्ट्र स्रोतले बताएको छ । परराष्ट्रमन्त्री महतले भारतका अर्थमन्त्री अरुण जेट्ली, जलस्रोत मन्त्री उमा भारती, सडक तथा यातायात मन्त्री तिनी गडकरी, उर्जामन्त्री पियूष गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आइतबार बेलुका दिल्ली पुगेका डा.महतले जनता दल युनाइटेडका सचिव केसी त्यागी, राष्ट्रिय कंग्रेस पार्टीका महासचिव डिपी त्रिपाठी एवं सोसलिष्ट फ्रन्टका नेता विजय प्रताप लगायत नेपाल नीतिबारे विशेष चासो राख्ने भारतीय नेताहरुसँग आइतबार राती छलफल गरेका थिए । प्रचण्डको भारत भ्रमणको क्रममा जलविद्युत तथा ऊर्जा लगायतका महत्वपूर्ण सम्झौता हुने तयारी गरिएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण दुई देशबीचको आपसी सम्बन्धमा नै केन्द्रित हुने बताएका छन् । नयाँ सरकार गठन भएपछि सरकार र आन्दोलनरत मधेसी मोर्चासँग तीन बुँदे सहमति भएपछि सकारात्मक बताएको भारतले प्रचण्ड नेतृत्वको सरकारले मधेस मुद्दा सम्बोधन गर्ने विश्वास राखेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending