Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

अञ्चल अस्पतालमा दरबन्दी छ, विशेषज्ञ छैनन्

\"hospital-660x330\"झापा, २७ भदौ । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा मेची अञ्चल अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी भएपनि छजना मात्र विशेषज्ञ कार्यरत हुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको हो । यतिबेला बालरोग विशेषज्ञको तीनजनाको दरबन्दीमा एकजना छन् । स्त्रीरोगतर्फ तीनजना हुनुपर्नेमा एकजना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ डाक्टर छन् । अस्पतालमा भर्खरै बेहोस पारेर गरिने शल्यक्रिया सेवा सुरु गरेको छ तर त्यहाँ पनि दुई दरबन्दीमध्ये एकजना मात्र डाक्टर हुँदा समस्या भएको अस्पतालका सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले बताए । डा पीताम्बरका अनुसार अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर कम भए पनि उपचार सेवा भरपर्दो नै रहेको छ । “हामी सेवामा प्रतिबद्ध छाँै”, उनले भने– “अहिले हामीसँग दक्ष जनशक्तिको अभाव छ यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।” उनले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए । अधिकांश गम्भीर प्रकृतिका रोगको उपचार अहिले मेची अस्पतालमै सफल भइरहेको छ । एक वर्षको अवधिमा सो अस्पतालबाट ६५ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् । आव २०७२÷७३ मा ओपिडीमा ४७ हजार ५६३, इमर्जेन्सीमा ११ हजार ८४३ र अन्तरङ्ग विभागबाट पाँच हजार ८५४ जनाको सफल उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: